३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

त्रिशूली नदीमा ट्रक खस्यो, ३ जनाको उद्धार



चितवन । धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० खयरघारीबाट एक ट्रक त्रिशूली नदीमा खसेको छ । पृथ्वीराजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिका-१० खयरघारीबाट ट्रक त्रिशूली नदीमा खसेको हो ।

दुर्घटनास्थलबाट तीन जना घाइतेको उद्धार गरिएको प्रहरीले जनाएको छ । नवलपरासीबाट काठमाडौंतर्फ जादै गरेको लु २ ख २५० नम्बरको ट्रक आज बिहान ५ः५५ बजे त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दियो ।

दुर्घटना स्थलबाट तीन जनाको जीवितै उद्धार गरिएको छ । ट्रक चालक नवलपरासी पश्चिमका २७ वर्षीय आशिष महतो, सहचालक २६ वर्षीय राजु थापामगर र ट्रक धनी खैरहनी नगरपालिका ४६ वर्षीय सुरेश गुरुङलाई प्रहरीले उद्धार गरेको हो ।

ट्रक आफैँ अनियन्त्रित भई दुर्घटना भएको र घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  ८ : ०० बजे

काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन

काठमाडौँ । नेपाल प्रहरीले काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटमा शुक्रबार

कृत्रिम पोखरी निर्माणपछि घट्यो मानव–वन्यजन्तु द्वन्द्व

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जद्वारा निर्माण गरिएका कृत्रिम पोखरीका कारण

पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण,

बालुवामा पुरिएर मजदुरको मृत्यु

दाङ । एस्काभेटरले फालेको बालुवामा पुरिएर एक जना मजदुरको मृत्यु

आर्थिक तथा प्राविधिक अभाव हुँदा करोडौँका डायलासिस मसिन प्रयोगविहीन

नवलपरासी । भौतिक संरचना र प्राविधिक अभाव हुँदा करोडौँ मूल्यका