३ पुस २०८२, बिहिबार | December 18, 2025

त्रिशूली नदीमा ट्रक खस्यो, ३ जनाको उद्धार



चितवन । धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० खयरघारीबाट एक ट्रक त्रिशूली नदीमा खसेको छ । पृथ्वीराजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिका-१० खयरघारीबाट ट्रक त्रिशूली नदीमा खसेको हो ।

दुर्घटनास्थलबाट तीन जना घाइतेको उद्धार गरिएको प्रहरीले जनाएको छ । नवलपरासीबाट काठमाडौंतर्फ जादै गरेको लु २ ख २५० नम्बरको ट्रक आज बिहान ५ः५५ बजे त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दियो ।

दुर्घटना स्थलबाट तीन जनाको जीवितै उद्धार गरिएको छ । ट्रक चालक नवलपरासी पश्चिमका २७ वर्षीय आशिष महतो, सहचालक २६ वर्षीय राजु थापामगर र ट्रक धनी खैरहनी नगरपालिका ४६ वर्षीय सुरेश गुरुङलाई प्रहरीले उद्धार गरेको हो ।

ट्रक आफैँ अनियन्त्रित भई दुर्घटना भएको र घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  ८ : ०० बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका