७ आश्विन २०८३, बुधबार | September 23, 2026

आर्थिक विकासका लागि लगानी खोज्दै लुम्बिनी प्रदेश सरकार



दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको आर्थिक विकास संग जोडिएका महत्त्वपूर्ण आयोजनाहरुमा लगानी भित्र्याउन दातृ निकायहरु संगको छलफललाइ तिब्रता दिएका छन । मंगलबार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय राप्ती उपत्यका देउखुरीमा ब्रिटस एम्बेस्सीका आर्थिक विभाग प्रमुख साम फेलको नेतृत्वमा रहेको टोली संग छलफल गर्दै प्रदेशको आर्थिक विकास संग जोडिएका महत्त्वपूर्ण आयोजनाहरुमा लगानी गर्न मुख्यमन्त्री आचार्यले आह्वान गरेका हुन ।

सरकारले लगानीको वातावरण बनाउने भएकाले ढुक्क भएर प्रदेशका योजनाहरुमा साझेदारी गर्न अनुरोध गरे । प्रदेश राजधानीलाई हरित र नदि सभ्यतामा आधारित नमुना शहर बनाउन लगानी चाहिएको जानकारी गराउदै सरकारले लगानीको वातावरण बनाउने र त्यसमा ढुक्क भएर काम गर्न आग्रह गरे ।

“लगानीको वातावरण बनाउन चाहिने आधारहरु सरकारले बनाउछ । ढुक्कको वातावरण हामी निर्माण गर्छौं । प्रदेशको आर्थिक विकास संग जोडिएका आयोजनालाइ अघि बढाउन हामी संग प्रशस्त बजेट छैन” मुख्यमन्त्री आचार्यले भने, “दातृ निकाय, निजि क्षेत्र संग सहकार्य गरेर महत्त्वपूर्ण आयोजनालाइ अघि बढाउन चाहन्छौं ।” प्रदेश सरकारले लुम्बिनी प्रदेशको राजधानी शहर निर्माण, शिवपुर र कालाकाटे सुरुङ्ग मार्ग, वौद्द सर्किटमा मोनोरेल सञ्चालन, कृषि र पर्यटन क्षेत्रमा सघन परियोजनाहरु अघि बढाउन सक्नेगरी लगानीको क्षेत्रहरुको बारेमा जानकारी गराएको छ । शिवपुर देखि कालाकाटेसम्म सुरुङ्ग मार्गको परियोजना ७ किलोमिटरको हुने प्रारम्भिक सर्वेक्षणबाट देखिएको छ । जसले१८ किलोमिटर बाटो छोटिने भएकाले राजधानीसंग पहुँच सहज हुने देखिएको हो ।

“यी आयोजना अघि बढेभने प्रदेशको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुग्छ । घाटा होइन नाफामा जाने आयोजना हुन” मुख्यमन्त्री आचार्यले भने, “प्रदेश सरकार, दातृ निकाय, निजि क्षेत्रको विचमा सहकार्यमा अघि बढाउन सकिन्छ ।” प्रदेश सरकारले लुम्बिनीमा लगानी भित्र्याउन लगानी वोर्डसंग पनि निरन्तर छलफल गरिरहेको छ । लुम्बिनीमा लगानी सम्मेलन गर्ने तयारी पनि छ । प्रदेश सरकारले दोस्रो आवधिक योजनालाइ पूर्णता दिन थालेको छ । जसमा दिगोविकास लक्ष्यले निर्धारण गरेका लक्ष्य, उदेश्य संग जोडेर योजनाको प्राथमिकिकरण गरिएको समेत जानकारी दिए ।

गरिबीको रेखामुनि रहेका नागरिकहरुको जीवनस्तर उठाउनेगरी कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकमा राखिएको छ । छलफलमा प्रदेशका प्रमुख सचिव महादेव पन्थ, प्रदेश सचिव इश्वराज पौडेल, प्रदेश योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर नहकुल केसी, मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार डाक्टर रामबहादुर राउत लगायतले भाग लिएका थिए ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  ११ : ५७ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११