२८ मंसिर २०८२, आइतबार | December 15, 2025

आज एमालेले राजधानीमा शक्ति प्रदर्शन गर्दै, एक लाख नागरिक सडकमा उतार्ने तयारी



काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले आज राजधानीमा शक्ति प्रदर्शन गर्दै छ । एमालेले एक लाख मानिस सडकमा उतारेर ‘जागरणसभा’ गर्न लागेको हो । ‘जागरणसभा’ अपरान्ह साढे १२ बजे काठमाडौंको दरबारमार्गमा हुन लागेको छ ।

सभा अघि बिहान साढे ११ बजे काठमाडौंको शहीद गेटबाट जुलुस सुरु भएर जुलुस वीर अस्पताल, जमल हुँदै दरबारमार्ग पुग्ने बताइएको छ । दरबारमार्गमा हुने सभालाई अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने तालिका रहेको छ ।

एमाले उपमहासचि प्रदीप ज्ञवालीले अराजकता र निराशालाई चिर्न जागरणसभा गर्न लागिएको बताएका छन् । उपमहासचिव ज्ञवालीले अराजकता र लोकतन्त्रसँगै जान नसक्ने बताए ।

एमालेले उपनिर्वाचन लक्षित गरेर कार्यक्रम गर्न लागेको हो । मंसिर १६ गते स्थानीय तहमा रिक्त रहेका ४२ पदमा उपनिर्वाचन हुँदै छ । सभालाई सफल बनाउन एमालेले भक्तपुर, ललितपुर र काठमाडौंसहित उपत्यका वरपरका जिल्लाहरूबाट ठूलो संख्यामा मानिस ल्याउने तयारी गरेको छ ।

आजै काठमाडौंको कोटेश्वरमा दुर्गा प्रसाई समर्थकको र माइतीघरमा सहकारी पिडितको पनि प्रदर्शन रहेकाले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त हुनसक्ने अनुमान गर्न सकिन्छ ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  ८ : १८ बजे

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर