२७ भदौ २०८३, शनिबार | September 12, 2026

बैंकहरुसंग बुटवल हस्पिटल प्रा.लि.को उपचार सम्झौता



बुटवल । बुटवल हस्पिटल प्रा.लि.ले आफ्नो बजार प्रवद्र्धन अभियान अन्तरगत बैंक तथा वित्तीय संस्थाहरुसंगको सहकार्यलाई अघि बढाएको छ । हस्पिटलले कुमारी बैक लिमिटेड र लक्ष्मी विकास बैंकसंग उपचार सहकार्यमा हस्ताक्षर गरेको हो ।

एक समारोहका विच बुटवल हस्पिटल प्रा.लि.का अध्यक्ष चुन्न प्रसाद पौडेलले हस्ताक्षर गरे । अस्पताल र बैंकहरु विचको सहकार्यले दुवै पक्षको बजार प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । सो अवसरमा अध्यक्ष पौडेलले उपचारका लागि बुटवलबाट बाहिर जान नपर्ने अवस्थाको श्रृजनाका लागि अस्पताल लागि परेको बताए ।

उनले सबैको सहयोगले मात्र बुटवललाई मेडिकल हवका रुपमा चिनाउन सकिने धारणा राखे । उनले यस्तो सहकार्य यस क्षेत्रका सघ संस्था, उद्योग प्रतिष्ठान,शैक्षिक संस्था लगायत सबैसंग हुने बताए ।

सो अवसरमा कुमारी बैंकका प्रदेश प्रमुख चेतकान्त जैशी बञ्जाडे, बुटवल शाखा प्रमुख अम्बिका प्रसाद बस्याल, बुटवल हस्पिटल प्रा लिका उपाध्यक्ष ललित प्रसाद खरेल, हस्पिटलका जनरल म्यानेजर देवेश कर्ण, अप्रेशन प्रमुख सरोज चौधरी, बजार शाखाका आदित्य आचार्य, सुमन तिमिल्सीना, लगायतको सहभागिता थियो । त्यसैगरि हस्पिटलले लक्ष्मी शनराईज बैंक लिमिटेडसंग पनि बजार प्रवद्र्धन अन्तरगतको सम्झौता गरेको छ । सो अवसरमा बैंकका लुम्बिनी प्रदेश प्रमुख ओम प्रकाश कंडेल, बुटवल अमरपथ शाखा प्रमुख विजय गौतम लगायतले बैंकको तर्फबाट हस्ताक्षर तथा धारणा राखेका थिए । सम्झौतासंगै दुबै बैंकका स्टाफहरु तथा सेवाग्राहीहरुलाई बुटवल हस्पिटलले उपचार सुविधा प्रदान गर्ने भएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  ६ : ३२ बजे

नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै

काभ्रे । चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म काठमाडौं

पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर

कास्की । पोखरा महानगरपालिकापालिको पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास

धादिङको परेवाटार-मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ । भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक

छाडा चौपाया व्यवस्थापनसँगै आम्दानी गर्दै गौशाला

धनगढी । छाडा पशुचौपायाको व्यवस्थापनको लागि सञ्चालनमा रहेको कैलालीको धनगढी

आम्दानीको स्रोत बन्यो रातो च्याउ

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका-३ मुनाका नगेन मगर हिजोआज जङ्गलमा