११ माघ २०८२, आइतबार | January 26, 2026

धितोपत्र बोर्डको अध्यक्षमा पेट्रोलियम ढुवानी व्यवसायमा बिवादीत व्यवसायी सन्तोषनारायण श्रेष्ठ नियुक्त



काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा इन्धन ढुवानी व्यवसायमा बिवादित ब्यसक्त सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

अर्थमन्त्रालयद्धारा गठित धितोपत्र बोर्डको अध्यक्ष पदका लागि गत चैत्र २५ गते पाँच जनाको सर्टलिष्ट प्रकाशित गरेकोमा पुछारमा नाम रहेका श्रेष्ठलाई बोर्डको अध्यक्षमा नियुक्त गरिएको छ । सर्टलिष्टमा चिरञ्जीवी चापागाँई, मुक्ति श्रेष्ठ, कृष्ण बहादुर कार्की, डा. नवराज अधिकारी र श्रेष्ठको नाम परेको थियो ।

एमाले अध्यक्ष केपी ओलीको दबावमा श्रेष्ठलाई अध्यक्ष नियुक्त गरिएको सत्ता गठबन्धनका एक उच्च अधिकारीले बताए । नव नियुक्त अध्यक्ष श्रेष्ठ लामो समयदेखि इन्धन ढुवानी व्यवसायमा बिवादीत व्यक्ति भएको स्रोतको दाबी छ । श्रेष्ठको नाममा बुटवलमा एक्सप्रेस परिवहन सेवा कम्पनी रहेको र सो कम्पनीका १९ ट्याङ्करहरु २०७१ वैशाख १६ गते पेट्रोलयम चोरी तस्करीको आरोपमा पक्राउ परेको थिए ।

नेपाल आयल निगमको भलवारीस्थित पश्चिमाञ्चल डिपोमा ल्याइने पेट्रोलियम पदार्थ निगममा नपुर्याई बीच बाटोमै रुपन्देहीको पड्सरी र मधौलियामा निर्मित भूमिगत पम्पमा पेट्रोलियम पदार्थ चोरी गर्ने क्रममा १९ वटा ट्याङ्करहरु पक्राउ गरेको थियो । एक्सप्रेस परिवहन सेवा प्रालिको नाममा २५ वटा ट्याङ्करले इन्धन ढुवानी गर्दै आएको बताइएको छ ।

२ वर्ष पहिले पेट्रोलियम पदार्थ चोरी तसकरीको आरोपमा आयल निगमले कारवाही अगाडी बढाएपछि लामो समय श्रेष्ठका बाबु चोपनारायण फरार भएका थिए । ढुवानी ब्यवसायी संघकै कोषबाट मोटो रकम जरिवाना बुझाएर घटना मिलाएको स्रोतको दाबी छ ।

सो कम्पनीका मुख्य लगानीकर्ता चोपनारायण श्रेष्ठ र उनका छोरा सन्तोषनारायण श्रेष्ठ रहेको स्रोतले बतायो । चोपनारायण श्रेष्ठ ढुवानी व्यवसायी संघमा विभिन्न नेतृत्वमा रहेर काम गर्ने र छोरा सन्तोषनारायण श्रेष्ठले एक्सप्रेस परिवहन सेवाको काम हेर्दै आएका छन् ।

 

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  ९ : १२ बजे

कर्मचारी कुटपिट गर्नुपर्ने जस्ता अभिव्यक्ति दिने व्यक्ति पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि हिंसा

अर्बुदरोग निवारण संस्थाले विश्व क्यान्सर दिवसमा सचेतना कार्यक्रम गर्ने

बुटवल । नेपाल अर्बुद रोग निवारण संस्था रुपन्देहीले विश्व क्यान्सर

लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी गरेको अभियोगमा छ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

सामाजिक सञ्जालको दुरुपयोग रोक्न निर्वाचन आयोगको पहल

काठमाडौँ । निर्वाचनमा सामाजिक सञ्जालबाट हुने निर्वाचन आचारसंहिता उल्लङ्घनको नियमन