२५ श्रावण २०८३, सोमबार | August 11, 2026

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि आवेदन खुला



काठमाडौं । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्ड (सेबोन)को रिक्त अध्यक्ष पदमा नयाँ नियुक्तिका लागि प्रक्रिया अघि बढाएको छ।

बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले राजीनामा दिएपछि रिक्त रहेको पदपूर्तिका लागि मन्त्रालयले मंगलबार सूचना प्रकाशित गर्दै इच्छुक व्यक्तिबाट आवेदन माग गरेको हो।

मन्त्रालयअन्तर्गतको सिफारिस समितिले प्रकाशित गरेको सूचनाअनुसार योग्य नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र अर्थात् वैशाख २१ गते कार्यालय समयभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबारस्थित सचिवालयमा व्यक्तिगत विवरण पेश गर्नुपर्नेछ ।

सूचनाअनुसार अध्यक्ष बन्न चाहने व्यक्तिले मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्षको पेशागत अनुभव भएको हुनुपर्ने व्यवस्था गरिएको छ।

आवेदक नेपाली नागरिक हुनुपर्ने, उच्च नैतिक चरित्र भएको हुनुपर्ने र धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११ अनुसार अयोग्य नभएको हुनुपर्ने मन्त्रालयले जनाएको छ। उमेर हद ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख गरिएको छ।

भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, लागूऔषध कारोबार लगायतका गम्भीर फौजदारी कसुरमा सजाय पाएको, कालोसूचीमा परेको, विदेशी स्थायी आवासीय अनुमति लिएको वा सार्वजनिक निकायसँग ठेक्का सम्झौतामा संलग्न व्यक्ति भने अध्यक्ष बन्न अयोग्य हुने सूचनामा उल्लेख छ।

इच्छुक उम्मेदवारले बायोडाटा, नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र, पेशागत अनुभव खुल्ने कागजात तथा मन्त्रालयको वेबसाइटमा उपलब्ध स्वघोषणा फाराम समेत पेश गर्नुपर्नेछ।

मन्त्रालयले प्राप्त आवेदनमध्ये सिफारिस समितिले संक्षिप्त सूची तयार गर्ने र आवश्यक परे थप विवरण माग गर्न सक्ने जनाएको छ। झुट्टा विवरण वा कागजात पेश गरेमा आवेदन स्वतः रद्द हुने तथा कानुनअनुसार कारबाही हुने चेतावनी पनि सूचनामा दिइएको छ।

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार  ९ : २२ बजे

खजुराबाट ४० मोतिविन्दुको शल्यक्रियाको लागी सिफारिस

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका ४ डि गाउँमा आँखा शिविर

सरकार र मृतक मेहताको परिवारबीच सात बुँदे सहमति

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्मा यही साउन १० गते

प्रचण्डले दिए सरकारलाई धन्यवाद

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

सरकारी कागजात सच्याएको आरोपमा नेपालगन्ज –२० का वडाध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२० का वडाध्यक्ष कौशलकुमार धोवीसहित चार जनाविरुद्ध

अर्थमन्त्री र बहुराष्ट्रिय ठूला करदाता कम्पनीबीच छलफल, नेपालमा २०० अर्ब लगानी थपिँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय