२५ भदौ २०८३, बिहिबार | September 11, 2026

नेपालगन्जमा सडकमा फोहर फाल्ने विरुद्ध शून्य सहनशिलता



नेपालगन्ज । नेपालगन्जमा जथाभावी सडकमा फोहोर फाल्नेलाई उपमहानगरपालिकाले कारबाही गर्न थालेको छ । सडक तथा सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई निरुत्साहित गर्न उपमहानगरले कारबाही गर्न थालेको हो । कारवाहीको सुरुवात भने सडकमा स्वास्थ्यजन्य फोहोर फाल्ने मेडिकललाई जरिवाना तिराएर गरिएको छ ।

नेपालगन्ज स्थित भेरी अस्पताल अगाडि रहेको अंकित मेडिकल हल तथा अंकित अल्ट्रासाउन्डलाई सडकमा फोहोर फालेको भन्दै ५ हजार रुपैयाँ जरिवाना गरिएको उपमहानगरपालिकाले जनाएको छ । नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीका अनुसार स्वास्थ्य महाशाखा र नगर प्रहरीको टोलीले निरीक्षणका क्रममा सडकमै स्वास्थ्यजन्य फोहोर फालेको पाएपछि नेपालगन्ज उपमहानगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन २०७५ बमोजिम जरिवाना तिराएर कारबाही गरिएको हो ।

स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द, फार्मेसी अधिकृत डा. अस्मित आचार्य तथा नगर प्रहरी प्रमुख बोगटी र नगर प्रहरी सहायक निरीक्षक पवन कनोजियासहितको टोली विहान अनुगमनमा निस्केको थियो ।

एक साता अघि मात्रै नेपालगन्ज उपमहानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फालेपछि नेपालगन्जस्थित आशिर्बाद पेन्ट्स प्रालिलाई १० हजार रुपैयाँ जरिवाना तिराएको थियो । नगरलाई सफा, स्वच्छ र सुन्दर बनाउन सचेतनामा सिमित नेपालगन्ज उपमहानगरपालिकाले पछिल्लो समय कारबाही समेत गर्न थालेको छ । नगर प्रमुख प्रशान्त विष्टले जथाभाबी फोहोर फाल्नेलाई कडा कारबाही गरिने उल्लेख गदै फोहोरविरुद्ध शून्य सहनशिलताको नीति अबलम्बन गरिएको बताए ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  ९ : ०० बजे

क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पाँच नेपाली नागरिक पक्राउ

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले रुपन्देहीको सिद्धार्थनगर

अधुरा तथा अपूरा आयोजनाको विवरण सङ्कलन गर्न समिति गठन

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपूरा

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडौँ । हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीले

चीनमा कार्गो जहाजमा आगलागी : कम्तीमा २० जनाको मृत्यु

काठमाडौँ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौ. । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ