१५ चैत्र २०८२, आइतबार | March 29, 2026

लुम्बिनी प्रदेशसभा सदस्य चौधरीलाई बाँके एमालेको कारवाही, सदस्यता निलम्बनमा



नेपालगन्ज । नेकपा (एमाले) बाँकेले पार्टी अनुशासनविपरीत काम गरेको भन्दै आज लुम्बिनी प्रदेशसभा सदस्य दुर्गा चौधरीलाई पार्टी सङ्गठित सदस्यताबाट निलम्बन गरेको छ ।

पार्टीलाई हानिनोक्सानी पु¥याउने मनसायका साथ पार्टी अध्यक्ष, महासचिवसमेतको मानहानी हुनेगरी पार्टीका मूल्यमान्यताविपरीत सार्वजनिकरूपमा गालीगलौज गर्ने, सामाजिक सञ्जालमा पार्टीका नेता, कार्यकर्तालाई खुइल्याउनेजस्ता गतिविधि निरन्तर गरेपछि पार्टी विधानको धारा ८ (९३०) र (९४०) बमोजिम स्पष्टीकरण सोधिएकोमा कमीकमजोरी महसुस गर्नको साटो नेता, कार्यकर्ता र समग्र पार्टीका विरूद्ध लिखित जवाफ दिएपछि विधानको धारा ८१ (९७०) को अनुशासनको कारबाहीको व्यवस्थाअनुरूप पार्टी सदस्यताबाट निलम्बन गरिएको नेकपा (एमाले) बाँकेका अध्यक्ष नीरक गुरूङले जानकारी दिए ।

अध्यक्ष गुरूङले लगातार पार्टी नेता र पार्टीविरूद्ध गतिविधि जारी राखेपछि निलम्बनको कारबाही गर्न बाध्य भएको उल्लेख गरे । प्रदेशसभा निर्वाचनमा बाँके क्षेत्र नम्बर १(२) बाट नेकपा (एमाले)को तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य थारू लीला गिरी नेतृत्वको सरकारमा वन तथा वातावरणमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । पूर्वमाओवादी सेनामा रहेका थारू नेकपा विभाजनपछि एमालेमै रहेर प्रदेश कमिटीको उपसचिवसम्म भएका थिए ।

प्रदेश सदस्य चौधरीले भने निलम्बनको विषय विधानसम्मत नभएको उल्लेख गर्दै आफूलाई औपचारिक रूपमा कुनै पत्र प्राप्त नभएको बताए ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  ९ : ५७ बजे

बेटिङ एप र वेबसाइट बन्द गर्न प्राधिकरणलाई निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सट्टेबाजी एप

रविको अभियोगपत्र फिर्ता विरुद्धको रिट सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्धको

ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा सोमबार सर्वोच्चमा सुनुवाइ

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई

सरकारको पहिलो कामलाई लगानीकर्ताको रेडलाइट, नेप्सेमा ७१ अङ्कको गिरावट

काठमाडौं । नयाँ सरकार गठन भएपछिको पहिलो कारोबार दिन आज

नेकपा संसदीय दलको नेतामा प्रचण्ड चयन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको नेतामा पुष्पकमल