४ पुस २०८२, शुक्रबार | December 20, 2025

दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न सर्वोच्चले मानेन



काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको बन्दी प्रत्यक्षीकरणको निवेदन खारेज भएको छ । विद्युतीय कसूरको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी प्रसाईंलाई थुनामुक्त गर्ने आदेशको माग गर्दै सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरणको निवेदन खारेज भएको हो ।

गैरकानूनी रुपमा प्रसाईंलाई थुनामा राखेको दाबी गर्दै उनका छोरा निराजन प्रसाईंले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए।

न्यायाधीशद्वय नित्यान्द पाण्डेय र महेश शर्मा पौडेलको संयुक्त इजलासले बुधबार उक्त रिट खारेज गर्दैै प्रसाईँलाई थुना मुक्त गर्न अस्वीकार गरेको हो । पाण्डेय र पौडेलको इजलासले रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको भनी प्रसाईंले बोलेको विवादास्पद भिडियो सार्वजनिक भएपछि ४ मंसिरमा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रसाईंका छोरा निराजनले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय नक्साल, केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाट र काठमाडौं जिल्ला अदालतलाई विपक्षी बनाएर गत ९ मंसिरमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए।

जिल्ला अदालत, काठमाडौंको अनुमति लिएर प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । प्रहरीले प्रसाईंमाथि साईबर अपराध, सरकारी कागजात किर्ते लगायतको आरोपमा अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  ४ : ५० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको