११ श्रावण २०८३, सोमबार | July 27, 2026

नयाँ आर्थिक वर्षका लागि अवधि समाचार सेवाको सम्झौता



नेपालगन्ज । राष्ट्रिय समाचार समिति (रासस)ले अवधि भाषाको समाचार सेवा प्रवाहका लागि चालु आर्थिक वर्षमा नयाँ सम्झौता गरेको छ । राससले नेपालगन्ज उपमहानगरपालिका, बाँकेसँग आज सम्झौता गरेको हो ।

राससका महाप्रबन्धक सिद्धराज राई र उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले सम्झौतापत्रमा आज यहाँ हस्ताक्षर गरे । सम्झौताअनुसार राससले हप्ताको छ दिन अवधि भाषामा समाचार सम्प्रेषण गर्नेछ । यसबाट अवधि भाषाका सञ्चारमाध्यम र भाषाभाषी लाभान्वित हुने विश्वास गरिएको छ ।

लुम्बिनी प्रदेशअन्तर्गत नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया जिल्लामा अवधि भाषी समुदायको बाहुल्य रहेको र उनीहरूको मातृभाषालाई संरक्षण र सम्वर्द्धन गर्न सो सेवा प्रभावकारी हुने राससले विश्वास लिएको छ ।

बाँके जिल्ला अवधि भाषीको बाहुल्य क्षेत्र भएको र यस उपमहानगरपालिकामा रहेका सञ्चारमाध्यममार्फत रासस अवधि समाचार सेवाले समुदायको सशक्तीकरण हुने नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले बताए । सो अवसरमा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खड्काले भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्न यस सेवाबाट टेवा पुग्ने उल्लेख गरे ।

राससका महाप्रबन्धक राईले गत वर्षदेखि सेवा सञ्चालनका लागि उपमहानगरपालिकाले गरेको सहयोगलाई धन्यवाद दिँदै अवधि समाचार सेवाले यस क्षेत्रका स्थानीय सञ्चारमाध्यम बढी लाभ लिने विश्वास व्यक्त गरे । उनले राससले मातृभाषा (अवधि, मैथली र नेपाल भाषा) को समाचार सेवा निःशुल्क रूपमा उपलब्ध गराएको बताए ।

गत वर्षदेखि सुरू भएको सेवाको चालु आर्थिक वर्ष २०८१र८२ को पुस मसान्तसम्मका लागि सेवाको नवीकरण गरी सम्झौता गरिएको नेपालगन्ज उपमहानगरपालिका सामाजिक विकास शाखा प्रमुख कृष्णप्रसाद जोशीले बताए ।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  ८ : २३ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले