२० मंसिर २०८२, शनिबार | December 7, 2025

नयाँ आर्थिक वर्षका लागि अवधि समाचार सेवाको सम्झौता



नेपालगन्ज । राष्ट्रिय समाचार समिति (रासस)ले अवधि भाषाको समाचार सेवा प्रवाहका लागि चालु आर्थिक वर्षमा नयाँ सम्झौता गरेको छ । राससले नेपालगन्ज उपमहानगरपालिका, बाँकेसँग आज सम्झौता गरेको हो ।

राससका महाप्रबन्धक सिद्धराज राई र उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले सम्झौतापत्रमा आज यहाँ हस्ताक्षर गरे । सम्झौताअनुसार राससले हप्ताको छ दिन अवधि भाषामा समाचार सम्प्रेषण गर्नेछ । यसबाट अवधि भाषाका सञ्चारमाध्यम र भाषाभाषी लाभान्वित हुने विश्वास गरिएको छ ।

लुम्बिनी प्रदेशअन्तर्गत नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया जिल्लामा अवधि भाषी समुदायको बाहुल्य रहेको र उनीहरूको मातृभाषालाई संरक्षण र सम्वर्द्धन गर्न सो सेवा प्रभावकारी हुने राससले विश्वास लिएको छ ।

बाँके जिल्ला अवधि भाषीको बाहुल्य क्षेत्र भएको र यस उपमहानगरपालिकामा रहेका सञ्चारमाध्यममार्फत रासस अवधि समाचार सेवाले समुदायको सशक्तीकरण हुने नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले बताए । सो अवसरमा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खड्काले भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्न यस सेवाबाट टेवा पुग्ने उल्लेख गरे ।

राससका महाप्रबन्धक राईले गत वर्षदेखि सेवा सञ्चालनका लागि उपमहानगरपालिकाले गरेको सहयोगलाई धन्यवाद दिँदै अवधि समाचार सेवाले यस क्षेत्रका स्थानीय सञ्चारमाध्यम बढी लाभ लिने विश्वास व्यक्त गरे । उनले राससले मातृभाषा (अवधि, मैथली र नेपाल भाषा) को समाचार सेवा निःशुल्क रूपमा उपलब्ध गराएको बताए ।

गत वर्षदेखि सुरू भएको सेवाको चालु आर्थिक वर्ष २०८१र८२ को पुस मसान्तसम्मका लागि सेवाको नवीकरण गरी सम्झौता गरिएको नेपालगन्ज उपमहानगरपालिका सामाजिक विकास शाखा प्रमुख कृष्णप्रसाद जोशीले बताए ।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  ८ : २३ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल