२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

सदस्यता शुल्क नबुझाए पत्रकार महासंघको चुनावमा भाग लिन नपाइने



नेपालगन्ज । यही मंसिर २८ गते हुने भनिएको नेपाल पत्रकार महासंघको निर्वाचनमा भाग लिन सदस्यता बापतको सम्पूर्ण शुल्क भुक्तानी गर्न अनिवार्य गराइएको छ । महासंघका पदाधिकारीहरुको म्याद सकिएको ८ महिनापछि हुने भनिएको निर्वाचनका लागि मंसिर १४ गते भित्र सदस्यता बापतको बाँकी बकौता भुक्तानी गर्न भनिएको छ ।

केन्द्रको सर्कलर भन्दै पत्रकार महासंघ बाँके शाखाले आज एक सूचना प्रकाशित गर्दै मंसिर १४ गते मध्यान्ह १२ बजेभित्र २०७८ साल यताको सदस्यता शुल्क बुझाएर सदस्यता नविकरण गर्न र नयाँ सदस्यता पाएकाहरुले सदस्यता बापतको रकम दाखिला गर्न भनेको छ । महासंघको सूचनामा सदस्यता नविकरण नभएका र सदस्यता शुल्क नबुझाएका सदस्यहरुले मतदान गर्न नपाउने उल्लेख गरिएको छ ।

यसअघि नविकरण भएकाहरुको हकमा रसिद हेरि बाँकी अवधिको सदस्यताको नविकरण शुल्क बुझाउन सूचनामा जनाइएको छ ।

महासंघको बिधान अनुसार नयाँ सदस्यहरुले प्रवेश वर्षको २ हजार र त्यसपछिको नविकरण बा पतवर्षको १ हजार सदस्यता शुल्क बुझाउनु पर्दछ । बिधानमा लगातार दुई वर्षसम्म नवीकरण नगर्ने सदस्यको सदस्यता स्वतः खारेज हुने व्यवस्था रहेपनि महासंघमा निर्वाचन हुने सालमा एकै पटक सदस्यता नविकरण गर्ने प्रचलन रहँदै आएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  ८ : ४४ बजे

घण्टाकर्ण पर्व मनाइँदै

काठमाडौं । सांस्कृतिक परम्पराअनुसार आज घण्टाकर्ण पर्व मनाइँदै छ ।

ग्यास सिलिण्डर अनावश्यक भण्डारण नगर्न चितवन प्रशासनको आग्रह

चितवन । जिल्ला प्रशासन कार्यालयले ८०२ व्यक्तिको घरमा खाना पकाउने

के तपाईको इनर्जी ड्रिंक्स सेवन गर्ने बानी छ ? निम्तिन सक्छन् यस्ता स्वास्थ्य समस्या

काठमाडौं । तत्काल ऊर्जा र सतर्कता बढाउने दाबी गरिएका इनर्जी

‘ब्रोड पिक’मा निधन भएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ‘ब्रोड पिक’मा यही साउन १४ गते हिमपहिरोमा

विशिष्ट साहित्यकार डा. राजेन्द्र विमलको निधन

काठमाडौं । विशिष्ट साहित्यकार डा. राजेन्द्र विमलको ८१ वर्षको उमेरमा