२५ भदौ २०८३, बिहिबार | September 11, 2026

दीपमा परम्परागत पोसाक र संस्कृति प्रदर्शन (भिडियो फोटोसहित)



बुटवल । दीप बोर्डिङ हाई स्कुलमा शुक्रबार परम्परागत पोसाक प्रदर्शन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा विभिन्न तहका विद्यार्थीहरूले सिनियर र जुनियर गरी दुई चरणमा ब्राह्मण, क्षेत्री, मगर, मुस्लिम, थारु, नेवार, गुरुङ र मैथिली संस्कृतिका पोसाकसहित संस्कार र संस्कृतिको पहिचान झल्किने भेषभूषागत तथा सांस्कृतिक प्रदर्शन गरेका थिए ।

प्रतियोगोतिमा विद्यार्थीहरूले अनेकतामा एकता, धार्मिक सहिष्णुता, भौगोलिक विविधतामा समानता, जातजातिगत विविधतामा आपसी समन्वय तथा अतिथि देवो भवः को नेपाली संस्कृति झल्काउने प्रस्तुतिहरू प्रदर्शन गर्दै बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक भौगोलिक विविधतायुक्त देशमा एकता र समन्वयको सन्देश दिने प्रयास गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र प्रसाद ध्वजूले नेपाली पहिचान र कलासंस्कृति झल्किने कार्यक्रमले विद्यार्थीहरूलाई नेपाल र नेपाली मौलिक संस्कृतिप्रति जागरुक बनाएको भन्दै यस्तै कार्यक्रम मार्फत नेपाली संस्कार र संस्कृतिको जगेर्ना गर्नुपर्ने बताए ।

त्यसैगरी विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले विद्यार्थीहरूमा कक्षागत पढाइका अतिरिक्त विद्यालयले विद्यार्थीहरूमा अन्तनिहित प्रतिभा प्रस्फुटन कार्यक्रम, संस्कार र संस्कृति, जीवनोपयोगी प्रयोगात्मक शिक्षा विद्यार्थीहरूलाई दिँदै आएको र त्यसैको निरन्तरता स्वरुप नेपालीहरूमा आपसी मित्रता, सहिष्णुता, सहयोग र समन्वय कायम गराउने भावनाको विकास गर्न परम्परागत पोसाक र संस्कृति प्रदर्शन कार्यक्रम राखिएको बताए ।

सिनियर र जुनियर गरी दुई तहमा भएको प्रतियोगितामध्ये माध्यमिक तहमा नेवार र ब्राह्मण समुदायले समान अङ्क प्राप्त गरी प्रथम, मुस्लिम समुदाय द्वितीय र मगर समुदायको प्रस्तुति तृतीय भएका छन् । त्यसैगरी जुनियरतर्फ मगर समुदाय प्रथम, नेवार समुदाय द्वितीय र क्षेत्री समुदायको प्रस्तुति तृतीय भएका छन् ।

विद्यालयका उपप्राचार्य तथा अतिरिक्त क्रियाकलाप विभाग प्रमुख सुरेन्द्रकुमार शाक्यको अध्यक्षता र स्वागत मन्तव्य, उपप्राचार्य द्वय ज्ञानु थापा र कलाधर अर्याल, वि व्य स सदस्य वसन्त कुमार जोशी र रेखा श्रेष्ठ, लुम्बिनी जब लिङ्कका प्रबन्ध निर्देशक रामचन्द्र अधिकारी र तहगत संयोजकहरूलगायतको आतिथ्यतामा सम्पन्न कार्यक्रममा कक्षा ११ र १२ का सहसंयोजक अमर खत्री, विज्ञान विषय प्रमुख विकास हमाल र नृत्य प्रशिक्षक किशोर थापाले निर्णायकको भूमिका निर्वाह गरेका थिए भने कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक विजय सापकोटाले गरेका थिए ।

कार्यक्रममा विद्यालयको प्लस टु तर्फका विद्यार्थीहरूले आकर्षक नृत्य प्रस्तुत गरेका थिए भने कार्यक्रमलाई सम्पन्न गर्न कक्षा नर्सरी र केजीकी संयोजक विजया थापा, शिक्षकहरू श्याम बस्याल, सन्दिप बस्याल, रेखा आचार्यलगायतको महत्वपूर्ण भूमिका रहेको थियो ।

विद्यालयले आयोजना गरेको परम्परागत पोसाक प्रदर्शन कार्यक्रमका विविध झलकहरू विद्यालयको आधिकारिक पेज दीप बोर्डिङ हाई स्कुल बुटवल ८ सुख्खानगर गएर हेर्न सकिने कुरा विद्यालयका उपप्राचार्य सुरेन्द्र कुमार शाक्यले बताए ।

फोटो फिचर

 

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ६ : ३२ बजे

क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पाँच नेपाली नागरिक पक्राउ

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले रुपन्देहीको सिद्धार्थनगर

अधुरा तथा अपूरा आयोजनाको विवरण सङ्कलन गर्न समिति गठन

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपूरा

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडौँ । हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीले

चीनमा कार्गो जहाजमा आगलागी : कम्तीमा २० जनाको मृत्यु

काठमाडौँ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौ. । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ