१३ चैत्र २०८२, शुक्रबार | March 28, 2026

नागरिकप्रतिको उत्तरदायित्व महसुस गरेर सुधारमा केन्द्रित हुन शिक्षामन्त्री भट्टराईको निर्देशन



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले नागरिकप्रतिको उत्तरदायित्व महसुस गरेर सुधारमा केन्द्रित हुन मन्त्रालय मातहतका कर्मचारीलाई निर्देशन दिएकी छन् ।

आज मन्त्रालयअन्तर्गतको उच्च व्यवस्थापन समूहको बैठकमा उनले प्रधानमन्त्रीले खोजेको रूपान्तरणको योजनालाई ख्याल गर्दै नागरिकप्रतिको उत्तरदायित्व महसुस गरी सुधार गर्नुपर्नेमा जोड दिइन् ।

मन्त्री भट्टराईले कार्ययोजना कार्यान्वयन कार्यविधि र प्रारूप अनुसार काम गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलगायत मन्त्रालय मातहतका निकायसँग निरन्तर संवादसहित अन्तरनिकाय समन्वयमा काम गर्न आग्रह गरिन् ।

उनले समन्वय र सहकार्यको अभावमा कार्यसम्पादन उत्कृष्ट र गुणस्तरीय नहुने हुँदा समन्वय, सहकार्य र सहअस्तित्वका भावनाअनुसार प्राथमिकताका साथ काम गर्नुपर्ने धारणा व्यक्त गरिन् ।

बैठकमा मन्त्रालयका सचिवहरूसहित, महाशाखा प्रमुख, विभागीय प्रमुखलगायत उपस्थित थिए ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ८ : २० बजे

गृहमन्त्रीले गरे नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखसँग डेढघण्टा लामो ‘गोप्य’ छलफल

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो निर्णयकारुपमा भाद्र २३

मौसम बदली : सात मापन केन्द्रमा भारी वर्षा

काठमाडौँ । देशका धेरै ठाउँमा आज भारी वर्षा भएको छ

पोखरा महानगरले गरिब घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने

पोखरा । क्षेत्रफलका हिसाबले देशकै ठूलो पोखरा महानगरपालिकाले महानगरभित्रका अति

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री

काठमाडौँ । विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष मुलुकमा तीन