१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनमा’



काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कर्णाली प्रदेशको सुर्खेतमा तय भएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुनमा हुने बताएका छन् ।

राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रम २०८०÷८१ मा उल्लेखित युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित सरकारी आश्वासनका विषयबारेको छलफलमा मन्त्री चौधरीले पूर्वनिर्धारित समय र स्थानमै दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिने प्रतिबद्धता जनाए ।

“कर्णालीमा खेलकुदका संरचना छैनन्, त्यहाँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुन सक्दैन भन्ने बुझाइ गलत हो, प्रदेश सरकारले त्यहाँ करोडौँ रुपैयाँको लगानीमा संरचना निर्माण गरेको छ, त्यही संरचनामा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुन्छ”, मन्त्री चौधरीले भने । खेलाडीको सामाजिक सुरक्षाका लागि मन्त्रालय प्रतिबद्ध रहेको उनले बैठकलाई जानकारी गराए ।

बैठकमा सांसदहरुले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय र स्थान परिवर्तन गर्न नहुनेमा जोड दिएका थिए । बैठकमा सांसदहरु पदम परियार, मदनकुमारी शाह, सुमित्रा बिसीलगायतले खेलकुद प्रतियोगिता तोकिएकै समय र स्थानमा गर्न मन्त्री चौधरीसँग अनुरोध गरे ।

मन्त्रालयका सचिव सुमन अर्यालले खेलकुदलाई शिक्षा, संस्कृतिलगायत विधासँग पनि जोडेर काम गर्न लागिएको जानकारी गराए । खेलकुद सङ्घले नै प्रतियोगिताको आयोजना गर्ने भएकाले तिनैलाई बलियो बनाउन लागिएको उनले बताए । मन्त्रालयले नीति निर्माणको काम गर्ने सचिव अर्यालले बैठकमा जानकारी दिए ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ८ : ३१ बजे

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले

कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या, बेलहियाबाट पक्राउ

काठमाडौँ । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा