२४ श्रावण २०८३, आइतबार | August 9, 2026

बुटवल कालिका क्याम्पसको ११ औं वार्षिक उत्सवको अवसरमा भोलिदेखी सप्ताहव्यापी कार्यक्रम गर्दै



बुटवल । बुटवल कालिका क्याम्पसले भोली मंगलबारदेखि आफ्नो ११ औं वार्षिकोत्सव तथा अभिवाक दिवस विविध कार्यक्रमसहित साताव्यापी रुपमा मनाउने भएको छ ।बुटवल उपमहानगरपालिका-१० रामनगरमा अवस्थि क्याम्पसले मँगलबार वृहत सरसफाई कार्यक्रमसहित सप्ताहको सुरुवात गर्ने प्राचार्य घनश्याम पाठकले जानकारी दिए ।

वार्षिकोत्सव बारे जानकारी गराउन सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै पाठकले स्थापनाको छोटो समयमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको दाबी गरे । त्रिभुवन युनिभर्सिटीबाट मान्यता प्राप्त यस क्याम्पसमा हाल अध्यापन हुने बिसिए, बिबिए, बिएड, बिए र स्नातकोत्तर तह एमए आरडी तर्फ उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको उनले बताए । निकट भविष्यमै गुणस्तर सुनिश्चिता प्रत्यायन (क्यूएए) प्राप्त गर्ने बताउँदै उनले त्यसका लागि अन्तिम पिआरटी भैसकेको जानकारी गराए ।

भिडियो

२०७० सालमा स्थापना भएको यस क्याम्पसमा विभिन्न संकायतर्फ हाज ३ हजार ९३६ विद्यार्थी रहेका छन् । सामुदायिक स्तरबाट सञ्चालित यस क्याम्पसले अघिल्लो शैक्षिक सत्रमा १ हजार २१५ विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको थियो । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष होम बहादुर गलामीले क्याम्पसमा डिजिटल प्रविधिलाई प्रोत्साहन गरिएको बताउँदै प्रविधि थप गर्ने योजनाहरु जारी रहेको उल्लेख गरे ।

क्याम्पसले मंसिर २४ गतेसम्म मनाउने सप्ताहव्यापी कार्यक्रम अन्तरगत अन्तर संकाय छात्रछात्रा भलिबल, रिले दौड प्रतियोगिता, कबड्डी प्रतियोगिता, डोरी तान्ने प्रतियोगिता, टेबल टेनिस प्रतियोगिता, नृत्य प्रतियोगिता, बेलुन फुक्ने प्रतियोगिता हाजिरी जबाफ प्रतियोगिता हुने छन् ।

यसैगरी शिक्षक कर्मचारी बीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता तथा सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तरगत निःशुल्क आँखा र दन्त परीक्षण समेत आयोजना गरिने क्याम्पस प्राचार्य पाठकले जानकारी दिए । साताव्यापी कार्यक्रमको लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीले समुद्घाटन गर्नुका साथै मूल समारोहलाई लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री जन्मजय तिमिल्सिनाले सम्बोधन गर्ने कार्यक्रम रहेको उनले बताए ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  १० : ५० बजे

सानेपामा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं । संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको

आर्थिक आत्मनिर्भरता वृद्धिसँगै सम्बन्धविच्छेदका मुद्दा पनि बढे

दमौली । जिल्लामा आर्थिक आत्मनिर्भरता, सामाजिक चेतना र व्यक्तिगत स्वतन्त्रताप्रतिको

बढ्दै ग्यासको आयात, बिस्तारै हट्दै अभाव

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा पछिल्ला केही दिनयता

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह गोरुसिंगे जंगलमा मृत फेला

बुटवल । तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा

सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँ पुग्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पहिलोपटक प्रतितोला ३ लाख