८ चैत्र २०८२, आइतबार | March 22, 2026

नक्कली मदिरा उत्पादनका लागि भित्राइएका बिभिन्न ब्राण्डका मदिराको ढक्कन बुटवलबाट बरामद



बुटवल । राष्ट्रिय र अन्तरराष्ट्रिय ब्राण्डका मदिराका ढक्कन बरामद भएसँगै बुटवल आसपासका क्षेत्रमा नक्कली मदिरा उद्योग संचालनमा रहेको आशंका गरिएको छ । बुटवल प्रहरीले ठुलो परिमाणमा मदिराका ढक्कन बरामद गरेसँगै बुटवल आसपासमा नक्कली मदिरा उत्पादनको आशंका गरिएको हो ।

इलाका प्रहरी कार्यालय, बुटवलको टोलीले बुटवलको राजमार्ग चौराहाबाट भारतको सीमा सुनौलीदेखि बुटवल तर्फ आउँदै गरेको यात्रुबाहक बसबाट १० हजार बढी थान बिभिन्न ब्राण्डका मदिराका ढक्कन बरामद गरेको छ । लु २ ख ६८१९ नम्बरको बसको बी साईडको ३ नम्बर सिटमा सवार सिद्धार्थनगर नगरपालिका बडा नं.१ बस्ने ३३ वर्षिय शशांक खनालबाट १२ हजार ५ थान बिभिन्न ब्राण्डका मदिराका ढक्कन र १९ ठेली बिल बिजक बरामद भएको प्रहरीले जनाएको छ ।

बुटवल प्रहरी प्रमुख डीएसपी विजयराज पण्डीतको कमाण्डमा खटिएको टोलीले शिल सहितको मदिराको ढक्कन सहित खनाललाई नियन्त्रणमा लिएको हो । गोप्य सूचनाका आधारमा सवारीसाधनको चेकजाँच गर्दा खनाल पक्राउ परेको डीएसपी पण्डीतले बताए । उनका अनुसार प्रहरीसँगको प्रारम्भीक बयानमा ढक्कन काठमाडौं लैजानका लागि भारतबाट ल्याएको पक्राउ परेका खलालले बताएका थिए ।

पक्राउ परेका खनाललाई थप अनुसनधानका लागि राजस्व अनुसन्धान विभाग बुटवल रुपन्देहीमा पठाईएको प्रहरीले जनाएको छ । नक्कली मदिरा उद्योग संचालन सम्बन्धमा राजश्व अनुसनधानबाटै अनुसन्धान हुने र सोही अनुसार पक्राउ परेका खनालमाथि कारवाही हुने पनि डीएसपी पण्डीतले बताए ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  १२ : ०५ बजे

देशभरिका निजी अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को

क्षितिज थापालाई ‘मिस्टर रामपिथेकस २०८२’ उपाधि

बुटवल । बुटवलमा सम्पन्न ‘मिस्टर रामपिथेकस राष्ट्रव्यापी शारीरिक सुगठन तथा

पाल्पाको तिनाउ ड्याममा डुबेर दुई भारतीय किशोर बेपत्ता

बुटवल । पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना भारतीय

नेप्से परिसूचकमा उच्च अङ्कको उछाल

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति

नेपालगन्ज । दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब नौ करोड