९ माघ २०८१, बुधबार | January 22, 2025

पत्रकार महासंघको तेस्रो पटक निर्वाचन कार्यतालिका सार्वजनिक



काठमाडौं । नेपाल पत्रकार महासङ्घको निर्वाचन मंसीर २८ गते हुने हुनेगरि कार्यतालिका सार्वजनिक भएको छ । आज निर्वाचन तेस्रो पटक कार्यतालिका सार्वजनिक गर्दै महासंघले निर्वाचन सम्बन्धी जानकारी दिएको हो ।

सार्वजनिक कार्यतालिका अनुसार यसै साता अर्थात मङ्सिर २१ गते केन्द्रको, २४ गते प्रदेशको र २६ गते जिल्ला तथा शाखा कमिटीको शुक्रबार उम्मेदवारको मनोनयन दर्ता हुने भएको छ ।

त्यसैगरी मङ्सिर २२ गते केन्द्रको उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ भने मतदान मङ्सिर २८ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म चल्नेछ ।

तोकिएको मितिमा मनोनयन दर्ता गर्ने गरी व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन समितिलाई अनुरोध समेत गरिएको छ । केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेपनि लुम्बिनी प्रदेशको कपिलवस्तुमा भने सोमबार मात्र असन्तुष्ट समुहबाट तालाबन्दी गरेको छ ।

यसअघि २ पटक निर्वाचन कार्यतालिका प्रकाशन भएपनि सदस्यता सम्बन्धी विबादका कारण निर्वाचन हुन सकेको थिएन ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  १ : ३३ बजे

टर्कीको होटलमा आगलागीमा परी ६६ जनाले गुमाए ज्यान

टर्की । टर्कीको एक होटलमा भएको आगलागीमा परी ज्यान गुमाउनेको

चिसोले महोत्तरीमा श्वासप्रश्वासका बिरामी बढे

महोत्तरी । निरन्तरको चिसोले महोत्तरीमा श्वासप्रश्वासका बिरामी बढेका छन् ।

गैँडाको आक्रमणबाट मृत्यु

चितवन । गैँडाको आक्रमणबाट भरतपुर महानगरपालिका–५ विकासचोकका ५५ वर्षीय शिवराज

खानेपानी संस्थाहरु करमुक्त गर्न माग

काठमाडौं । राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घले

तनहुँका १४ हजार छात्रालाई एचपिभी खोप लगाइँदै

तनहुँ । जिल्लाका १४ हजार बढी छात्रालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको