२२ मंसिर २०८२, सोमबार | December 8, 2025

सोलार फार्म लिमिटेडले पायो ९० मेगावाट सोलार इनर्जीको ठेक्का



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सोलार इनर्जी (सौर्य ऊर्जा) परियोजनाका लागि निकालेको ठेक्का मध्ये ९० मेगावाट सोलार फार्म लिमिटेडले पाएको छ । कुल ९६० मेगावाटमध्ये ९० मेगावाटको ठेक्का सोलार फार्मले पाएको कम्पनीका अध्यक्ष मोहन गुरुङले बताएका छन् । ६३ कम्पनी मध्ये सवैभन्दा ठुलो मेगावाटको ठेक्का पाउने पनि सोलार फार्म रहेको अध्यक्ष गुरुङले बताए ।

कम्पनीले रुपन्देही र कपिलुवस्तुमा सोलार परियोजनाको बिड पाएको हो । कम्पनीले कपिलुबस्तुको मोतिपुरमा ५० मेगावाट र रुपन्हेदीको मनैहामा ४० मेगावाटको ठेक्का पाएको हो ।

नेपाल विद्युत प्राधिकरणले सौर्य ऊर्जा उत्पादनका लागि गत चैत २२ गते खुलाएको टेन्डरको गत कात्तिक २६ गते छनोट भएका ६३ कम्पनीको सूची सार्वजनिक गरेको थियो ।
प्राधिकरणले सूचना जारी गरेको भए पनि कम्पनीहरुलाई प्राधिकरणले आशयपत्र भने दिइसकेको छैन । कम्पनीहरुले विद्युत विकास विभागबाट सर्वे लाइसेन्स लिनेछन् । सर्भेको काम सकेपछि उनीहरुले कन्स्ट्क्सन लाइसेन्स लिन्छन् । प्राधिकरणले २५ वर्षसम्मका लागि सोलारका आयोजनासँग सम्झौता गर्ने तयारी छ ।

१० मेगावाटभन्दा कम क्षमताका आयोजनाहरुले पीपीए भएको १८ महिनाभित्र उत्पादन गर्नुपर्छ । १० मेगावाटभन्दा बढी क्षमताका आयोजनाहरुले विद्युत खरिद बिक्री (पीपीए) भएको २४ महिनाभित्र उत्पादन गर्नुपर्ने प्रावधान ठेक्कामा राखिएको छ।

सोलार फार्मले यसअघि तनहुँको बेलचौतारामा ५ मेगावाटको सोलार इनर्जी उत्पादन गरि विद्युत बिक्री गर्दै आएको छ । कम्पनीले २० लाख कित्ताको आइपिओ निकाल्न सेवोनमा अनुमति मागेको छ ।

 

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  १ : ४४ बजे

महाधिवेशन प्रतिनिधिलाई नेता तथा कार्यकर्ताको घर र कोठामा बासको व्यवस्था गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

इक्यान रुपन्देहीको अध्यक्षमा गोविन्द बस्नेत निर्वाचित

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको सातौँ वार्षिक

राजनीतिक स्थितीलाई विगार्ने र निर्वाचनलाई प्राभावित गर्ने काम हामीबाट हुदैन : अर्थमन्त्री खनाल

नेपालगन्ज । नीजि क्षेत्रले नेपालगन्ज दिल्ली सिधा हवाई उडानका लागि

‘डिसइन्फर्मेसनबाट समाजलाई जोगाउन अति आवश्यक’

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलाशका वरिष्ठतम् न्यायाधीश बामदेब