९ माघ २०८१, बुधबार | January 22, 2025

सोलार फार्म लिमिटेडले पायो ९० मेगावाट सोलार इनर्जीको ठेक्का



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सोलार इनर्जी (सौर्य ऊर्जा) परियोजनाका लागि निकालेको ठेक्का मध्ये ९० मेगावाट सोलार फार्म लिमिटेडले पाएको छ । कुल ९६० मेगावाटमध्ये ९० मेगावाटको ठेक्का सोलार फार्मले पाएको कम्पनीका अध्यक्ष मोहन गुरुङले बताएका छन् । ६३ कम्पनी मध्ये सवैभन्दा ठुलो मेगावाटको ठेक्का पाउने पनि सोलार फार्म रहेको अध्यक्ष गुरुङले बताए ।

कम्पनीले रुपन्देही र कपिलुवस्तुमा सोलार परियोजनाको बिड पाएको हो । कम्पनीले कपिलुबस्तुको मोतिपुरमा ५० मेगावाट र रुपन्हेदीको मनैहामा ४० मेगावाटको ठेक्का पाएको हो ।

नेपाल विद्युत प्राधिकरणले सौर्य ऊर्जा उत्पादनका लागि गत चैत २२ गते खुलाएको टेन्डरको गत कात्तिक २६ गते छनोट भएका ६३ कम्पनीको सूची सार्वजनिक गरेको थियो ।
प्राधिकरणले सूचना जारी गरेको भए पनि कम्पनीहरुलाई प्राधिकरणले आशयपत्र भने दिइसकेको छैन । कम्पनीहरुले विद्युत विकास विभागबाट सर्वे लाइसेन्स लिनेछन् । सर्भेको काम सकेपछि उनीहरुले कन्स्ट्क्सन लाइसेन्स लिन्छन् । प्राधिकरणले २५ वर्षसम्मका लागि सोलारका आयोजनासँग सम्झौता गर्ने तयारी छ ।

१० मेगावाटभन्दा कम क्षमताका आयोजनाहरुले पीपीए भएको १८ महिनाभित्र उत्पादन गर्नुपर्छ । १० मेगावाटभन्दा बढी क्षमताका आयोजनाहरुले विद्युत खरिद बिक्री (पीपीए) भएको २४ महिनाभित्र उत्पादन गर्नुपर्ने प्रावधान ठेक्कामा राखिएको छ।

सोलार फार्मले यसअघि तनहुँको बेलचौतारामा ५ मेगावाटको सोलार इनर्जी उत्पादन गरि विद्युत बिक्री गर्दै आएको छ । कम्पनीले २० लाख कित्ताको आइपिओ निकाल्न सेवोनमा अनुमति मागेको छ ।

 

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  १ : ४४ बजे

बागलुङको जैमिनिघाटमा पर्वत जोड्ने मोटरेवल पुल निर्माण सम्पन्न

बागलुङ । कालीगण्डकी नदीमा रु १३ करोड १२ लाख ४९

टर्कीको होटलमा आगलागीमा परी ६६ जनाले गुमाए ज्यान

टर्की । टर्कीको एक होटलमा भएको आगलागीमा परी ज्यान गुमाउनेको

चिसोले महोत्तरीमा श्वासप्रश्वासका बिरामी बढे

महोत्तरी । निरन्तरको चिसोले महोत्तरीमा श्वासप्रश्वासका बिरामी बढेका छन् ।

गैँडाको आक्रमणबाट मृत्यु

चितवन । गैँडाको आक्रमणबाट भरतपुर महानगरपालिका–५ विकासचोकका ५५ वर्षीय शिवराज

खानेपानी संस्थाहरु करमुक्त गर्न माग

काठमाडौं । राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घले