३ पुस २०८२, बिहिबार | December 19, 2025

पत्रकार महासंघमा युनियन र चौतारीबीच गठबन्धन



काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन अन्तर्गत केन्द्रको मनोनयन दर्ता गर्ने दिनको बिहानै नेतृत्वका लागि नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालबीच भागबण्डा सहित गठबन्धन बन्ने भएको छ ।

युनियन र चौतारीको गठबन्धनबाट चौतारीले अध्यक्ष, महिला उपाध्यक्ष, आदिवासी जनजाति सचिव, कोषाध्यक्ष र लेखा संयोजक सहित २२ सदस्य पाएको छ भने बाँकी पदाधिकारीहरूमा युनियनबाट उम्मेदवारी हुने सहमति भएको छ ।

गठबन्धनबाट प्रदेशको नेतृत्वमा पनि भागबण्डा हुने भएको छ । सहमति अनुसार कोशी, मधेश, कर्णाली र उपत्यकाको अध्यक्ष चौतारीले लिने भएको छ भने बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, एसोसियट र प्रतिष्ठानको अध्यक्ष युनियनले पाए छ ।

जिल्ला अध्यक्षहरुमा संख्यामा भागबण्डा भएपनि जिल्ला तोक्ने काम भने बाँकी रहेको बताइएको छ । ४१ जिल्ला अध्यक्षमा युनियन र ३६ जिल्ला अध्यक्ष चौतारीले उम्मेदवारी दिने सहमति भएको बताइएको छ ।

युनियन र चौतारीको गठबन्धन हुने निर्णय सार्वजनिक भएसँगै महासंघको नेतृत्वका लागि थप चर्चा पनि सार्वजनिक हुन थालेका छन् । प्रेस सेन्टर सहितको गठबन्धनले युनियनबाट बिद्रोह गराएर रमेश विष्टलाई केन्द्रीय अध्यक्षमा उठाउने चर्चा सार्वजनिक भएको छ भने लुम्बिनीमा कठोर निर्णय गर्न बाध्य पारिएको भन्दै चौतारीका नेता रुद्र सुबेदीले प्रदेश अध्यक्षमा उम्मेदवारीको उम्मेदवारी दिने संकेत गरेका छन् ।

२८ मंसिरमा हुने महाधिवेशनका लागि आज केन्द्रीय पदाधिकारीका लागि मनोनयन दर्ता हुँदैछ । निर्वाचन कार्यतालिका अनुसार २४ गते प्रदेश र २६ गते जिल्ला र शाखाहरुको उम्मेदवारी दर्ता हुने छ ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  १ : २७ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको