२९ मंसिर २०८२, सोमबार | December 16, 2025

बुटवलमा प्रथम मगर साहित्य महोत्सव आजदेखी सुरु (फोटो फिचर)



बुटवल । बुटवलमा रहेको एतिहासिक जितगढी किल्लामा प्रथम मगर साहित्य महोत्सव आजदेखी सुरु भएको छ । नेपाल मगर महिला संघ रुपन्देहीको आयोजनामा प्रथम मगर साहित्य महोत्सव सुरु भएको हो ।

महोत्सवको प्रतिनिधिसभाकी उपसभामुख इन्दीरा राना मगरले एक समारोहका बीच उद्घाटन गरिन् । सो अवसरमा बोल्दै उपसभामुख रानाले मगरहरुको सबैभन्दा ठूलो इमानदारीता भएको सोझोपन र बहादुरी भएको बताइन् । साथै उपसभामुख रानाले मगरहरुले देशलाई अहिलेको अवस्थामा ल्याउनका लागि महत्वपूर्ण योगदान दिएको बताइन् । रानाले मगर महिलाहरुले नै महोत्सवको आयोजना गरेकोमा खुशी व्यक्त गरिन् ।

यस्तै बुटवल उपमहानगरपालिका नगर प्रमुख खेलराज पाण्डेयले बुटवलले सबै समुदायलाई समान रुपमा व्यवहार गर्ने गरेको बताए । उनले बुटवल उपमहानगरपालिकाले मगर भाषाको नागरिक वडापत्र ल्याएको समेत बताए ।

सोहि अवसरमा नगर प्रमुख पाण्डेयले उपसभामुख रानालाइ जितगढी किल्लामा रहेको निमार्ण गरिएको संग्राहलय, ग्रेटर नेपालको नक्सा, एतिहासिक सुरुङ्गमा घुमाउदै जितगढी किल्लाको इतिहासका बारेमा समेत जानकारी गराएका थिए ।

२ दिनसम्म चल्ने महोत्सवमा विभिन्न ७ वटा प्यानल डिस्कशन, मगर कविता बाचन प्रतियोगिता तथा श्रष्टाहरुलाई सम्मान लगायतका कार्यक्रम हुने छन् । महोत्सवमा प्यानल डिस्कशनका लागि अभियन्ता तथा नेपाली वैज्ञानिक महाविर पुन मगर, चर्चित नायिका मिरुना मगर, वरिष्ठ पत्रकार जे।बी। पुन मगर लगायत प्रतिष्ठित व्यक्तिहरुसँग प्यानल डिस्कशन गर्ने कार्यक्रम तय भएको छ ।

यस्तै महोत्सवमा समाजशास्त्री तथा अध्ययता सुरेश ढकालको प्रस्तुती रहने प्रचार प्रसार समितिका संयोजक यम रानाले जानकारी दिए । ढकालले तयार पारेको मगर जातीको ‘भेजा’ प्रणाली सम्बन्धि डकुमेन्ट्री प्रदर्शन तथा यस बारेमा छलफल गरिने उनले बताए ।

मगर समुदायको भाषा, साहित्य, ईतिहास र परम्परको संक्षणमा टेवा पुग्नेगरी आयोजना गरिने सम्मेलनमा कविता बाचन प्रतियोगिता, चित्रकला प्रदर्शनी, पुस्तक प्रदर्शनी, प्राचिन सामग्रीहरुको प्रदर्शन तथा विभिन्न विषयका कार्यपत्र प्रस्तुत गरिने भएको छ ।

भिडियो

महोत्सवमा मगर समुदायले बोल्ने ढूट, खाम तथा काईके गरी ३ वटै भाषामा कविता बाचन प्रतियोगिता हुने संयोजक रानाले बताए ।

देशभरका मगर साहित्यकार, कलाकार तथा फरक-फरक विधाका व्यक्तित्वहरुको सहभागिता रहनेलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि १०१ सदस्यीय मूल आयोजक समिति तथा विभिन्न उपसमिति गठन गरिएको थियो ।

महोत्सवको प्रतिनिधिसभाकी पूर्व सभामुख ओनसरी घर्ती मगरले समापन गर्ने कार्यक्रम रहेको छ ।

फोटो फिचर

 

 

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  ३ : ४५ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको