३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

पत्रकार महासंघको निर्वाचनमा सत्ता गठबन्धन र विपक्षी गठबन्धन निकट पत्रकारको छुट्टाछुट्टै प्यानल



काठमाडौं । पत्रकारहरुको छाता संगठन मानिएको नेपाल पत्रकार महासंघको नेतृत्वका लागि सत्ता गठबन्धन र विपक्षी गठबन्धनले छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचनमा होमिने भएका छन् ।

कांग्रेसको नेपाल प्रेस युनियन र नेकपा एमालेको प्रेस चौतारी नेपालले साझा प्यानल बनाएका छन् भने विपक्षी दल निकट पत्रकार संगठनहरु समाजवादी प्रेस संगठन, क्रान्तिकारी प्रेस संगठन, जनपत्रकार संगठन, प्रगतिशील पत्रकार संगठन र प्रेस मञ्चले अर्को प्यानल बनाएर निर्वाचनमा जाने भएको छ ।

सत्ता गठबन्धन निकट प्यानलबाट महासंघको अध्यक्षमा निर्मला शर्मा साझा उम्मेदवारी दिएकी छन् । उनी प्रेस चौतारीको कोटाबाट अध्यक्षको उम्मेदवारी बनेकी हुन् । चौतारीका तर्फबाट अध्यक्ष सहित ५ पदाधिकारीमा उम्मेदवारी दर्ता गराइएको छ । सो प्यानलबाट महिला उपाध्यक्षमा नितु पण्डित, आदिवासी जनजाति सचिवमा सविन प्रियासन चौधरी, कोषाध्यक्षमा रामकृष्ण ज्ञवाली र लेखा आयोग संयोजकमा केसी लामिछानेको उम्मेदवारी दर्ता भएको छ ।

प्रेस युनियनका तर्फबाट महासंघको बरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, समावेशी उपाध्यक्षमा उमिद बागचन्द, महासचिवमा रामप्रसाद दाहालको उम्मेदवारी परेको छ । सचिवहरु तर्फ रमेश खतिवडा (खुला), सोनी शर्मा (महिला), प्रकाश धौलाकोटी (दलित), बैकुण्ठ पराजुली (एशोसियट) र अशोक तिवारी (मधेशी) को उम्मेदवारी परेको छ ।

उता विपक्षि गठबन्धन दल निकट पत्रकारहरुको प्यालनबाट महासंघको अध्यक्षमा प्रेस सेन्टर नेपालका उपाध्यक्ष कमल गिरीको उम्मेदवारी परेको छ ।

गिरीलाई समाजवादी प्रेस संगठन, क्रान्तिकारी प्रेस संगठन, जनपत्रकार संगठन, प्रगतिशील पत्रकार संगठन र प्रेस मञ्चको समर्थन रहेको बताइएको छ । सो प्यानलबाट वरिष्ठ उपाध्यक्षमा रोशन पुरी, महिला उपाध्यक्षमा गंगा बराल र समावेशी उपाध्यक्षमा सुवास साहको उम्मेदवारी परेको छ ।

महासचिवमा लेखनाथ न्यौपाने उम्मेदवार बनेका छन् । सचिवहरुमा उत्तर बिष्ट (खुला), सिर्जन झा (मधेशी), सरिता बराईली (दलित), भीषण राई (आदिवासी जनजाति) र विकास कार्की (एशोसियट) उम्मेदवार बनेका छन् ।

कोषाध्यक्षमा रामकृष्ण अधिकारी र लेखा समिति संयोजकमा ध्रुब रावलको उम्मेदवारी परेको छ ।

दुई प्यानलले प्रदेश तथा जिल्लामा पनि प्यानल सहित उम्मेदवारी दिने निर्णय गरेका छन् । सत्तारुढ प्यानलबाट कोशी, मधेश, कर्णाली र उपत्यकाको अध्यक्ष चौतारीले लिने भएको छ भने बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, एसोसियट र प्रतिष्ठानको अध्यक्ष युनियनले पाएको छ ।

जिल्ला अध्यक्षहरुमा संख्यामा भागबण्डा भएपनि जिल्ला तोक्ने काम भने बाँकी रहेको बताइएको छ । ४१ जिल्ला अध्यक्षमा युनियन र ३६ जिल्ला अध्यक्ष चौतारीले उम्मेदवारी दिने सहमति भएको बताइएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  ८ : १८ बजे

काठमाडौं महानगरले सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य

समानुपातिक सांसद चयनका लागि एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । बैठक

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

भोजपुर ।भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन्

गोकुल बास्कोटाले शेरबहादुर तामाङलाई लगाए ‘चरम अवसरवादी पात्र’को आरोप

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीकै अर्का नेता

शुक्लाफाँटाका किसानलाई अनुदानमा ‘मिनी टिलर’ वितरण

कञ्चनपुर । कृषिमा यान्त्रीकरणको प्रयोगलाई बढावा दिने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा