१३ माघ २०८१, आइतबार | January 26, 2025

दशौँ राष्ट्रिय खेलकुद चैत २३ देखि कर्णालीमा



काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद आगामी चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशमा हुनेभएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष एवं युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा आज बसेको ११८औँ बोर्ड बैठकले उक्त निर्णय गरेको राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङले जानकारी दिए ।

यसअघि राखेपले दशौँ राष्ट्रिय खेलकुद गत मङ्सिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमै गर्ने गरी प्रस्ताव गर्ने निर्णय गरिएको थियो । भौतिक पूर्वाधार तयार भइनसकेको भन्दै मंसीर २ गते हुने भनिएको राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित गरिएको थियो ।

गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुदको समापनका दिन २०७९ साल कात्तिक २ गते बसेको राखेपको ११५औँ बोर्ड बैठकले उक्त मितिमा दशौँ राष्ट्रिय खेलकुद कर्णालीमा गर्ने गरी प्रस्ताव गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  ८ : ४७ बजे

१ करोडको बैंक ग्यारेन्टी बुझाएर रिहा भए रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

प्रादेशिक महोत्सवमा पत्रकारमाथि दुर्व्यवहार नगर्न र समाचार संकलनको वातावरण बनाउन माग

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले नेपालगन्जमा जारी प्रादेशिक महोत्सवमा

‘पत्रकारको पेसागत सुरक्षामा ध्यान दिइने’

काठमाडौँ । नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले पत्रकारको पेसागत

रवि लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्न आदेश

भैरहवा । रास्वपा सभापति रवि लामिछाने सहकारी ठगीको तेस्रो मुद्दामा

प्रधानमन्त्रीद्वारा भारतीय समकक्षीलाई ७६औँ गणतन्त्र दिवसको शुभकामना

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ७६औँ गणतन्त्र दिवसको