१० असार २०८३, बुधबार | June 24, 2026

दशौँ राष्ट्रिय खेलकुद चैत २३ देखि कर्णालीमा



काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद आगामी चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशमा हुनेभएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष एवं युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा आज बसेको ११८औँ बोर्ड बैठकले उक्त निर्णय गरेको राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङले जानकारी दिए ।

यसअघि राखेपले दशौँ राष्ट्रिय खेलकुद गत मङ्सिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमै गर्ने गरी प्रस्ताव गर्ने निर्णय गरिएको थियो । भौतिक पूर्वाधार तयार भइनसकेको भन्दै मंसीर २ गते हुने भनिएको राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित गरिएको थियो ।

गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुदको समापनका दिन २०७९ साल कात्तिक २ गते बसेको राखेपको ११५औँ बोर्ड बैठकले उक्त मितिमा दशौँ राष्ट्रिय खेलकुद कर्णालीमा गर्ने गरी प्रस्ताव गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  ८ : ४७ बजे

रास्वपाको महाधिवेशन निर्वाचन तालिका संशोधन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन

बुटवलको मुख्य औषधी बजारबाटै नक्कली औषधीको कारोबार

बुटवल। बुटवलको मुख्य व्यापारिक क्षेत्रमा नै नक्कली औषधीको अवैध कारोबार

लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन

भैरहवा । लुम्बिनी विकास कोषका पदाधिकारी पदका लागि खुला प्रतिस्पर्धामार्फत

हुलाकी राजमार्ग अन्तर्गत खजुरा खण्डको मुहार फेरिँदै

खजुरा । विगत ९ वर्षदेखि कन्तबिजोग पारिएको हुलाकी राजमार्ग अन्तर्गतको

रास्वपा महाधिवेशन : निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया