२६ चैत्र २०८२, बिहिबार | April 10, 2026

प्रथम मगर साहित्य महोत्सव सम्पन्न, विभिन्न व्यक्ति सम्मानित



बुटवल । नेपाल मगर महिला संघ रुपन्देहीको आयोजनामा शुक्रबारदेखि जारी प्रथम मगर साहित्य महोत्सव शनिबार सम्पन्न भएको छ । समापन अवसरमा बोल्दै नेपाल मगर महिला संघका अध्यक्ष हिरु राना मगरले मगर समुदायको गर्विलो ईतिहासका बारेमा नयाँ पस्तालाई समेत जानकारी गराउनुपर्नेमा जोड दिइन ।

भाषा, साहित्य र परम्पराको संरक्षणबाट मात्रै सम्पूर्ण जातिको पहिचान र बिकास सम्भव रहेको बताउँदै उनले सम्पूर् मगरहरुलाई एकताको शुत्रमा बाधिन आग्र गरिन् ।

बुटवलको जितगढी किल्लामा २ दिनसम्म आयोजना गरिएको महोत्सवमा विभिन्न साहित्यिक विधामा अन्तरसम्वाद, कविता बाचन प्रतियोगिता, पुस्तक प्रदर्शनी, चित्रकदा प्रदर्शनी, साँस्कृतिक प्रस्तुती लगायतका कार्यक्रम भएका थिए ।

महोत्सव अन्तरगत सम्पन्न मातृभाषा कविता बाचन प्रतियोगितामा सुर्खेतका मनबहादुर बगाले प्रथम हुन सफल भएका छन् । उनलाई नगद १० हजारसहित प्रमाणपत्रले सम्मान गरिएको थियो । यसैगरी सिन्धुलीका भवानी आले द्वितीय भई नगद ७ हजार पुरस्कार राशी प्राप्त गरे भने रुकुमका गोपाल पुन तृतीय भई नगद ३ हजारसहित प्रमाणपत्रले सम्मानित भएका छन् । यसैगरी सान्त्वना हुने अविनास आले र रिम रानालाई समेत नगद पुरस्कारले सम्मान गरिएको थियो ।

यसैगरी आदिकवि जितबहादुर सिंजाली तथा रेख बहादुर सारु मगर साहित्य पुरस्कारबाट वरिष्ठ पत्रकार तथा राष्ट्रिय समाचार समितिका पूर्व सम्पादक खिलध्वज थापा मगरलाई सम्मान गरिएको छ । उनलाई नगद २० हजार राशीसहित दोसल्ला, फेटा र मायाको चिनोले सम्मानित गरिएको थियो । महोत्सवमा स्थापना गरिएको गोरेबहादुर खपाङ्गी मगर सामाजिक योगदान पुरस्कारबाट नेपाल मगर संघ सहअध्यक्ष गंगा खासुमगरलाई प्रदान गरिएको छ । उनलाई नगद १० हजारसहित दोसल्ला, फेटा र मायाको चिनोले सम्मान गरिएको थियो ।

समापन कार्यक्रममा महोत्सव सफल पार्न योगदान गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । समापनको अवसरमा आयोजक समितिका संयोजक तथा नेपाल मगर महिला संघ रुपन्देही अध्यक्ष निर्माला थापाले उपस्थितहरुलाई आभार तथा धन्यवाद ज्ञापन गरेकी थिइन। यसैगरी मेला व्यवस्थापन समिति संयोजक केशरी तरामुले कार्यक्रम सञ्चालन गरेकी थिइन । महोत्सवका सम्पूर्ण गतिविधीलाई डकुमेन्टेसनका लागि जेबी दर्लामीको संयोजकत्वमा समिति गठन गरिएको थियो ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ८ : ५६ बजे

पेट्रोलियम पदार्थको मूल्यमा भारी बृद्धि, खाना पकाउने ग्यासको मूल्य २०१०

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि भएको छ

ट्रलीमा ठोक्किँदा मर्चवारीका पूर्ववडाध्यक्षको मृत्यु

बुटवल । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा आज साँझ भएको सवारी

बर्दियाका युवाहरुलाई आत्मनिर्भर, नवप्रवर्तनशील र दिगो भविष्य निर्माण गर्ने तालिम प्रदान

बर्दिया । युवा सशक्तीकरण तथा रूपान्तरण र नवप्रवर्तन परियोजना अन्तर्गत

खैरो हिरोइन र एक लाख ७२ हजार बढी नगदसहित एक युवक पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध (खैरो

नागढुङ्गा सुरुङमार्ग : सवारी साधनको शुल्क सार्वजनिक

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा