८ माघ २०८२, बिहिबार | January 22, 2026

सिरियामा नेपाली शान्ति सेना सुरक्षित : नेपाली सेना



काठमाडौं । संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनअन्तर्गत सिरियामा खटिएका सबै नेपाली सेनाको अवस्था सामान्य रहेको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाले आज प्रेस विज्ञप्ति जारी गर्दै सिरियामा तैनाथ नेपाली शान्ति सैनिक सुरक्षित रहेको जानकारी दिएको हो । इस्लामी विद्रोही समूह हयात तहरीर अल शाम (एचटीएस) ले सिरियामा कब्जा गरिसकेको छ । उक्त क्षेत्रमा विगत केही दिनदेखि विकसित घटनाक्रमअन्तर्गत यही मङ्सिर २२ गते संयुक्त राष्ट्र सङ्घको ‘यूएनडिओएफ’ मिसनमा तैनाथ नेपाली शान्ति सैनिक रहेको हदारस्थित १०–ए सुरक्षा पोष्टमा हतियारधारी उक्त समूह जबरजस्ती प्रवेश गरेको थियो ।

उक्त सुरक्षा पोष्टलगायत सिरियामा तैनाथ संयुक्त राष्ट्र सङ्घीय मिसनअन्तर्गत विभिन्न स्थानमा रहेका नेपाली शान्ति सैनिक सुरक्षित अवस्थामा रहेको सेनाले जनाएको हो ।

“उक्त सुरक्षा पोष्टलगायत सिरियामा तैनाथ संयुक्त राष्ट्र सङ्घीय मिसनअन्र्तगत विभिन्न स्थानमा रहेका नेपाली शान्ति सैनिकको अवस्था सामान्य रहेको छ”, नेपाली सेनाद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  १० : १६ बजे

मुस्ताङमा असी प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका

मुस्ताङ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई

दश वर्षको प्रतीक्षापछि आमाको नामबाट नागरिकता

म्याग्दी । बेनी नगरपालिका-७ का समिर खान र यास्मिन बेगमले

‘मानवअधिकार संरक्षणमा नेपाल प्रतिबद्ध छ’

काठमाडौं । परराष्ट्रसचिव अमृतबहादुर राईले मानवअधिकार संरक्षणका निम्ति नेपाल पूर्ण

प्रतिनिधिसभा निर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूको अन्तिम नामावली

देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम, तराईमा हुस्सु लाग्ने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ