८ माघ २०८१, मंगलबार | January 21, 2025

विराटनगरले पोखरालाई एक सय ४० रनको लक्ष्य दियो



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई जितको लागि एक सय ४० रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ३९ रनको योगफल बनाएको हो । विराटनगरका लागि स्कट एडवार्डसले सर्वाधिक ४५ रन बनाए । उनले ३५ बलमा ५ चौका प्रहार गरेका थिए । त्यसैगरी लोकेस बमले २६ रन बनाउँदा बासिर अहमदले २१ रन जोडे । निकोलस किर्तनले १९ रन, क्रिस सोलले ७ तथा मार्टिन गप्टिल ५ रन बनाए ।

पोखराका लागि सागर ढकाल र राइमन रिफरले समान दुई दुई विकेट लिए भने कप्तान कुशल भुर्तेल र दिनेश खरेलले समान एक एक विकेट झारे । पोखरा अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

 

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहिबार  ११ : ४६ बजे

तनहुँको बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा

ट्रम्पले लगाए मेक्सिकोस्थित दक्षिणी सिमामा संकटकाल

वासिंगटन डिसी । डोनाल्ड ट्रम्पले सोमबार, जनवरी २० मा क्यापिटल

हेटौँडा उपमहानगरपालिकाद्वारा छ महिनामा १९ करोड राजस्व सङ्कलन

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगपालिकाले आर्थिक वर्ष २०८१/८२ को छ

दुई अर्ब ९५ करोड बराबरको चिया निर्यात

झापा । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को

‘विदेशको ठाउँ काम गरुन्जेलमात्र हुँदोरहेछ’

सर्लाही । लालबन्दी नगरपालिका-१२ डप्कालीका देवराज पौडेल सानै उमेरमा परिवारलाई