२३ मंसिर २०८२, मंगलबार | December 10, 2025

काठमान्डु गुर्खाज ६ विकेटले विजयी



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को आज भएको पहिलो खेलमा काठमान्जु गुर्खाजले पोखरा एभेञ्जर्सलाई छ विकेटले पराजित गरेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पोखराले दिएको एक सय ३९ रनको लक्ष्य काठमान्डुले १४ दशमलव एक ओभरमा चार विकेटको क्षतिमा पूरा ग¥यो । यो जितसँगै काठमान्डु गुर्खाज प्लेअफ नजिक पुगेको छ ।
काठमान्डुको जितमा स्टेफन स्किनाजीले अर्धशतकीय पारी खेले । उनले उनले ३४ बल खेल्ने क्रममा १० चौकासहित ६० रनको योगदान दिए । त्यसबाहेक माइकल लेभिटले ३२, गेर्हार्ड एरासमुसले अविजित २५ र भीम सार्कीले २२ रनको योगदान दिए । पोखराका लागि विपीन खत्रीले तीन विकेट लिए भने मिचेल लेस्कीले एक विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३८ रन बनाएको थियो । उसका लागि रेमन रेफरले ३० बलमा तीन छक्का र एक चौकाको मद्दतले ४१ रन बनाए ।
साथै दिनेश खरेलले ३८ र दिलीप नाथले २७ रन बाहेक अन्य खेलाडीले दोेहोरो अङ्कको रन जोड्न सकेनन् । गोमेलले आठ, कप्तान कुशल भुर्तेलले सात, विपीन खत्रीले चार, सागर ढकाल र माइकल लीस्कले समान एक/एक रन जोडे ।
पोखरालाई मध्यमक्रममा समेट्ने क्रममा काठमान्डुका लागि कप्तान करण केसी र रासिद खानले समान तीन÷तीन विकेट लिए । यस्तै, गेर्हार्ड इरास्मस र माइकल लेविटले एक÷एक विकेट लिए ।
आजै हुने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स भिड्दैछन् ।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  १२ : २४ बजे

दार्चुला जिल्लाको उत्तरी क्षेत्र कालापानी आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । दार्चुला जिल्लाको उत्तरी क्षेत्र कालापानी र चीनको नाका

नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ कार्यक्रम नवीकरण सम्झौता

काठमाडौँ । नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच

पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्न नसक्ने नेतृत्वले मुलुकको नेतृत्व गर्न नहुने : उपाध्यक्ष शाक्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले

नेपालगन्जको एउटै अस्पतालमा १७४ नयाँ कुष्ठरोगी फेलापरे

नेपालगन्ज । नेपालगन्जको एउटै अस्पतालमा उपचारका लागि आएका मध्य १७४

‘जेनजी सहिद’ का सपना पूरा गर्नु नै सरकारको प्रमुख दायित्व होः मन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले ‘जेनजी सहिद’ योद्धाका अधुरा सपना