५ पुस २०८२, शनिबार | December 20, 2025

त्रिविमा ८ डिन र ३ निर्देशक नियुक्त



काठमाडौं । त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले रिक्त रहेका आठ डिनको नियुक्ति गरेको छ ।

कार्यकारी परिषद्ले शनिबार डिन नियुक्त गरेको हो । यसैगरी ३ वटा अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक नियुक्त भएका छन् । नियुक्त भएका सबैलाई आजै नियुक्तिपत्र हस्तान्तरण गरी पदस्थापन गर्ने कार्यक्रम छ।

नियुक्त भएकामध्ये मानविकी तथा सामाजिकशास्त्र संकायमा प्राध्यापक डाक्टर दुवीनन्द ढकाल रहेका छन् । यसैगरी चिकित्साशास्त्र अध्ययन संस्थानमा प्राडा मोहोनराज शर्मा नियुक्त भएका छन् भने व्यवस्थापनमा प्राडा महानन्द चालिसे नियुक्त भएका छन् ।

छनौट समितिले सिफारिस गरेका तीन जनामध्येबाट कार्यकारी परिषद्ले नियुक्त गरेको हो । यसअघि सिफारिस भएका ३ जनामध्ये पहिलो नम्वरकोलाई नियुक्त गर्ने या दोस्रो र तेस्रो नम्वरकोलाई पनि सिफारिस गर्ने भन्ने विषयमा विवाद थियो ।

त्रिविका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ७ गतेभित्र डिन नियुक्ति गर्न कार्यकारी परिषद्लाई निर्देशन दिएका थिए ।

को कोले पाए नियुक्ति ?

डिन

मानविकी तथा सामाजिकशास्त्र : प्राडा दुवीनन्द ढकाल
व्यवस्थापन संकाय : प्राडा महानन्द चालिसे
चिकित्साशास्त्र अध्ययन संस्थान :  प्राडा मोहोनराज शर्मा
शिक्षाशास्त्र संकाय : प्राडा बेदराज आचार्य
वन विज्ञान अध्ययन संस्थान : सहप्राध्यापक ठाकुर सिलवाल
विज्ञान तथा प्रविधि अध्ययन संस्थान : प्राडा शंकर खनाल
कृषि र पशुविज्ञान अध्ययन संस्थान : सहप्राध्यापक डा.किशोरचन्द्र दाहाल
इन्जिनियरिङ अध्ययन संस्थान : प्राडा सुशीलबहादुर बज्राचार्य

तीन निर्देशक
शिक्षा विकास तथा अनुसन्धान केन्द्रको निर्देशक : डा. सहप्राध्यापक राजेन्द्र कुँवर
व्यवहारिक तथा प्रविधि अनुसन्धान केन्द्रको निर्देशक : प्राडा मिनाराज भण्डारी
योजना निर्देशनालयका निर्देशकमा सहप्राध्यापक : डा. लक्ष्मीकान्त शर्मा

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  ८ : ५२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको