२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

सर्वोच्चले भन्यो : केही व्यक्ति मिलेर अल्पकालीन लाभ लिन गरेको कसूर संगठित अपराध हुँदैन



काठमाडौं । सर्वोच्च अदालतले तीन वा त्योभन्दा बढी व्यक्ति संलग्न भएर अपराध गर्दैमा संगठित अपराध नहुने व्याख्या गरेको छ । ‘अपराधमा तीन वा तीनभन्दा बढी व्यक्तिहरूको संलग्नता हुनासाथ स्वतः संगठित अपराधको कसूर प्रमाणित हुन सक्ने अवस्था देखिँदैन’ सर्वोच्च अदालतको ब्याख्यामा उल्लेख छ ।

१४ जना व्यक्ति जोडिएको अपहरण तथा शरीर बन्धक सम्बन्धी एउटा मुद्दामा सर्वोच्च अदालतले संगठित अपराध र सामूहिक अपराधलाई एउटै रूपमा हेर्न नहुने व्याख्या गरेको हो ।

‘संगठित अपराधको कसूर हुनका लागि आपराधिक समूहको आपराधिक, आर्थिक वा कुनै भौतिक लाभका लागि स्थापित स्थायी संरचना ठोस प्रमाणबाट पुष्टि हुनुपर्छ ।’ फैसलाको पूर्णपाठमा सर्वोच्चले भनेको छ, ‘संगठित अपराध हुनका लागि अपराध गर्नकै लागि बनेको स्थायी संस्थागत संरचनासमेत देखिनुपर्दछ ।’

तीन वा बढी व्यक्तिहरूको समूहले आपराधिक समूहको निर्देशनमा, उनीहरूसँग मिलेर अनि समूहको संस्थापक वा सदस्य भएर कुनै गम्भीर अपराध गरेमा मात्रै संगठित अपराध हुने भन्दै सर्वोच्च अदालतले तीन वा त्योभन्दा बढी व्यक्तिको समूह मिलेर गरेको हरेक कसूरलाई संगठित अपराध भन्न नमिल्ने व्याख्या गरेको हो । ‘केही व्यक्ति मिलेर अल्पकालीन वा एकपटक मात्र लाभ लिने प्रकृतिको समूहमा कुनै कसूर गरे भन्दैमा संगठित अपराध गरेको मानी त्यस्ता व्यक्तिलाई संगठित अपराधीको श्रेणीमा राख्‍नु न्यायोचित देखिंदैन ।’ फैसलाको पूर्णपाठमा भनिएको छ ।

२०७१ सालमा पर्साका एक किशोरलाई अपहरण गरी भारत पुर्‍याएर फिरौती मागेको भन्ने संगठित अपराधको मुद्दामा सर्वोच्च अदालतले यस्तो फैसला गरेको हो ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  ६ : ०७ बजे

बुटवल र भैरहवामा आयल निगम आफैँले ग्यास वितरण सुरु गर्‍यो

बुटवल । बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि नेपाल

छ हजार ४०० सयले बढ्यो आज सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको

इरानी आक्रमणको भयले कसरी गरेका थिए ट्रम्पले टर्कीबाट बेलायतको गोप्य उडान ?

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गत महिना इरानबाट

स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार व्यक्ति पक्राउ

वीरगञ्ज  । स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार

घण्टाकर्ण पर्व मनाइँदै

काठमाडौं । सांस्कृतिक परम्पराअनुसार आज घण्टाकर्ण पर्व मनाइँदै छ ।