२४ भदौ २०८३, बुधबार | September 9, 2026

चितवन राइनोजलाई पराजित गर्दै कर्णाली याक्स क्लालिफायर टुमा प्रवेश



काठमाडौं । कर्णाली याक्स चितवन राइनोजलाई पराजित गर्दै एनपीएलको क्वालिफायर टु मा पुगेको छ ।

त्रिवि क्रिकेट मैदानमा आज भएको एलिमिनेटर खेलमा कर्णालीले चितवनलाई २१ रनले पराजित गरेसँगै क्वालिफायर टुमा प्रवेश गरेको हो ।

१७६ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा १५४ रन मात्र बनाउन सक्यो । अब कर्णालीले क्वालिफायर वान को पारजित टोलीसँग क्वालिफायर टु मा खेल्नेछ ।

चितवनका लागि रवि बोपाराले ३४ बल खेल्दै ३ चौका र ४ छक्का मद्दतमा ५३ रन बनाउन सके । कप्तान कुशल मल्लले २१ रन बनाए ।

कर्णालीका जिशान मकसुदले ३ विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले समान २÷२ विकेट लिए । विपिन प्रसाद शर्माले १ विकेट लिए ।

त्यसअघि जयकिसन कोल्सावाला र विलियम बोसिस्टोले अर्धशतकको मद्दतमा कर्णालीले ६ विकेट गुमाएर १७५ रन बनाएको थियो ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  १२ : ५१ बजे

सुनसान छन् सौराहाका होटल, पर्यटक भन्छन् नेपालको विपदमा कसरी रमाउनु

चितवन । पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै

जेनजी आन्दोलनबारे प्रचण्डको प्रश्न- ‘दोषी को थियो, लाभ कसले उठायो ?’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी

भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध

कर्णाली । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

पुरानै बहावमा बग्न थाल्यो पहिरोले थुनिएको किम्रोङ खोला

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ मा पहिरो खसेर थुनिएको किम्रोङ

‘भदौ २४ को विध्वंस लोकतन्त्रमाथिको योजनाबद्ध आक्रमण थियो’ : एमाले

काठमाडौं । नेकपा (एमाले)ले गत वर्ष भदौ २३ र २४