१६ बैशाख २०८३, बुधबार | April 29, 2026

आप्रवासी श्रमिकको मानव अधिकार संरक्षणमा जोड



काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आप्रवासी श्रमिकको अधिकार संरक्षणमा पर्याप्त लगानी गर्न आग्रह गरेको छ ।

अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसका अवसरमा आज एक विज्ञप्ति जारी गर्दै आयोगले नीतिगत व्यवस्था गरी आप्रवासनका समसामयिक समस्याको न्यायोचित सम्बोधन गर्न आग्रह गरेको हो ।

“आप्रवासनलाई सुरक्षित, मर्यादित र नियमित बनाउनेतर्फ परिणाम देखिने गरी पहल कदमी लिन, घरेलु श्रमिक महिलाको अधिकारको संरक्षण गर्न सरकार र सम्बन्धित सम्पूर्ण सरोकारवालाहरुमा आयोग आग्रह गर्दछ”, आयोगका प्रवक्ता डा टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “आप्रवासी श्रमिकको अधिकार संरक्षणमा अर्थपूर्ण योगदान र सहभागिताका लागि सम्पूर्ण सरोकारवालालाई आयोग अनुरोध गर्दछ ।”

आयोगले देशको आर्थिक तथा सामाजिक स्तरोन्नतिमा आप्रवासी श्रमिकहरुको योगदान भएपनि आप्रवासन व्यवस्थापनमा श्रमिकका परिवारले अनुभूत गर्ने गरी अपेक्षाकृत उपलब्धि हुन नसकेको जनाएको छ ।

‘सुरक्षित आप्रवासनको आधार, सूचना र सीप सहितको रोजगार’ भन्ने नाराका साथ यो दिवस मनाइएको हो । आयोगले आप्रवासी नेपाली श्रमिकको मानव अधिकार संरक्षणका लागि विगत लामो समयदेखि अनुगमन, अध्ययन, अनुसन्धान, उजुरी ग्रहण, गन्तव्य मुलुकहरुका राष्ट्रिय मानव अधिकार संस्थाहरुसँग द्विपक्षीय सम्झौता गरी उजुरी प्रेषण गर्दै आएको छ ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ५ : ४७ बजे

सबैभन्दा बढी प्यूठानमा १०४.४ मिलिमिटर वर्षा

काठमाडौँ । नेपालमा पश्चिमी र स्थानीय वायुको साथै पूर्वी भू–भाग

‘सार्वजनिक सेवा प्रभावकारी बनाउन र सुशासन प्रदान गर्न अध्यादेश’

काठमाडौँ । सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी

पोखरा स्पोर्ट्स अवार्ड : नौ विधामा अवार्ड प्रदान गरिँदै

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आगामी वैशाख

सबै सार्वजनिक जग्गामा बनाइएका घरटहरा खाली गर्न काठमाडौं प्रशासनको आदेश

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका विभिन्न स्थानीय तहका

लुम्बिनी प्रदेश सरकारका २ मन्त्री सहित ७ जना प्रदेशसभा सदस्यहरुसँग कांग्रेसले सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा आफ्नै उम्मेदवारलाई अन्तरघात