१० बैशाख २०८३, बिहिबार | April 23, 2026

शेखर कोइरालाको ‘सुप’ दौड, भन्छन् – कांग्रेसलाई एक्लै चुनाव लड्ने पार्टी बनाउँछु



धनगढी । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला सुदूरपश्चिमको भ्रमणमा छन्। आसन्न पन्ध्रौं महाधिवेशनलाई लक्षित गर्दै कोइरालाले सुदूरपश्चिमका कांग्रेस नेता-कार्यकर्तासँग भेटघाट जारी राखेका छन्।

शुक्रबार धनगढी पुगेका कोइरालाले सुदूरपश्चिमका नौ वटै जिल्लाका नेता-कार्यकर्तालाई भेटघाट गरेका छन्। भेटघाटका क्रममा त्यहाँका नेता-कार्यकर्ताले भावी पार्टी सभापति भन्दै कोइरालालाई हौसला दिएका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवाको आधार क्षेत्रमा पुगेर कोइरालाले अबको निर्वाचनमा कांग्रेसलाई एक्लै चुनाव लड्न सक्ने बनाउने बताए।

कोइरालाले भने, ‘कांग्रेसलाई एक्लै लड्न सक्ने बलियो पार्टी बनाउँछु र अबका दिनमा पार्टीभित्र अन्याय हुन दिने छैन। सबैलाई न्याय हुन्छ।’ उनले त्यसको जिम्मा आफूले लिने बताए।

सुदूरपश्चिमको तीन दिने भ्रमणमा रहेका कोइरालाले जिल्लाका नेता कार्यकर्तालाई आश्वस्त पार्दै सबैलाई समान र उचित अवसरका लागि पार्टीभित्र लडिरहेको बताए।

‘विगतमा तपाईंहरूमाथि अन्याय भएको छ। उचित अवसर पाउनु भएको छैन। तपाईंहरूको पीडा म बुझ्छु। अब पन्ध्रौं महाधिवेशनपछि न्याय हुन्छ। म कसैलाई पक्षपात गर्दिनँ। तर, यसका लागि तपाईंहरूको सहयोग चाहिन्छ,’ कोइरालाले भने।

उनले पार्टीको पन्ध्रौं महाधिवेशन समयमै हुनुपर्ने बताए। समयमा महाधिवेशन नभए पार्टी कमजोर हुने र देशमा लोकतन्त्र संकटमा पर्ने बताए। देश र लोकतन्त्रलाई बचाउन पनि पार्टीको महाधिवेशन समयमै हुनुपर्ने बताए।

नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार सुशासन र भ्रष्टाचार नियन्त्रणमा गम्भीर बन्न नसकेको कोइरालाले दाबी गरे। उनले भने, ‘यति शक्तिशाली सरकार असफल बन्ने छुट छैन, सफल बन्नैपर्छ। तर, सरकारको कार्यशैली भने सन्तोषजनक छैन।’

उनले आफू नेपाली कांग्रेसको तर्फबाट मन्त्री बनेकाहरूको कार्यशैलीबाट सन्तुष्ट नरहेको समेत बताए।

सुदूरपश्चिम भ्रमणको पहिलो दिन कोइरालाले नौ वटै जिल्लाका नेता तथा कार्यकर्तासँग फरक(फरक अन्तरक्रिया तथा छलफल गरेका थिए। कञ्चनपुरबाट सुरू भएको भेटघाट दार्चुलासँगको छलफलपछि सकिएको थियो। कोइरालाले लगातार ६ घण्टा छलफल तथा अन्तरक्रिया गरेका थिए। जिल्लागत रुपमा जिल्लाका समस्याहरूको बारेमा उनले नौ वटै जिल्लालाई सम्बोधन समेत गरेका थिए।

भेटघाट कार्यक्रममा अधिकांश जिल्लाका नेता कार्यकर्ताले आफूहरु पार्टीको केन्द्रीय नेतृत्वबाट अन्यायमा परेको, गुटको आधार पक्षपात गरेको र आफूहरूलाई अवसरबाट बञ्चित गरेको गुनासो राखेका थिए।

उनीहरूले पन्ध्रौं महाधिवेशनमा आफूहरू डा। शेखर कोइरालालाई सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका थिए। उनीहरूले पार्टीभित्र रहेका विवादलाई सुल्झाउन कोइरालालाई सुझाव दिएका थिए।

 

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  ११ : ३९ बजे

हिमाली क्षेत्रमा शैक्षिकसत्रको समय परिवर्तन गर्न सांसदको माग

काठमाडौं । हिमाली क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदहरूले हिमाली क्षेत्रमा शैक्षिकसत्रको

राष्ट्रपतिद्वारा संसद अधिवेशन स्थगित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बजेट अधिवेशन स्थगित

माछापुच्छ्रे बैंकले बिस्तार गर्यो एम बि एल आइटी कर्जा सेवा

काठमाडौ । डिजिटल रूपान्तरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ माछापुच्छ्रे बैंक

सरकारद्वारा राष्ट्रपतिसमक्ष संसद् अधिवेशन स्थगनको सिफारिस, नयाँ मिति अनिश्चित

काठमाडौं । सरकारले यही वैशाख १७ गतेका लागि आह्वान गरिएको

सडक विस्तारको मौका छोपेर घरभाडा वृद्धि नगर्न वीरगञ्ज महानगरको अनुरोध

वीरगञ्ज । वीरगञ्ज महानगरले सडक विस्तारका क्रममा यहाँको मुख्य सडकको