२४ फाल्गुन २०८२, आइतबार | March 8, 2026

‘पर्यटकीय विकासका लागि लुम्बिनी सर्किटको विकास’



लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटन क्षेत्रको विकासको लागि बौद्ध र लुम्बिनी सर्किटको विकास गरिने बताएका छन्।

रुपन्देहीको देवदहमा गौतमबुद्ध राष्ट्रिय उद्यान महोत्सवको आज उद्घाटन गर्दै उनले रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीलाई बौद्ध सर्किट र प्रदेशका १२ जिल्लालाई लुम्बिनी सर्किटमा जोड्ने गरी सरकारले अवधारणा अघि सारेको बताए ।

मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले बौद्ध सर्किटको गुरुयोजना बनाएर तिलौराकोटदेखि नवलपरासीको रामग्रामसम्मका सम्पदालाई जोड्ने गरी पर्यटन पूर्वाधार निर्माण गर्ने बताए। “लुम्बिनी आउने पर्यटकलाई एक अर्कासँग जोड्ने गरी यो अवधारणा अघि सारेका हौँ । बृहत् रूपमा लुम्बिनी सर्किटको अवधारणा अगाडि सारेका छौँ”, उनले भने ।

आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नेगरी पर्यटकीयस्थललाई नवीनतम रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री आचार्यको भनाइ छ । उद्यानमा सिमेन्टबाट बन्ने संरचनालाई निरुत्साहित गर्दै स्थानीय काठ तथा सामाग्रीको प्रयोग गरेर कलात्मक आकृति तथा पर्यटन पूर्वाधार निर्माण गरिनुपर्नेमा उनले जोड दिए ।

मुख्यमन्त्री आचार्यले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर नीति निर्माणदेखि विभिन्न कार्यक्रम तर्जुमा गरेर कार्यान्वयनमा लगिएको बताए । बर्दियामा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न ‘घुम्न जाउँ बर्दिया’ अभियान सञ्चालन गरेको बताउँदै उनले अब देवदहमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न प्रचारप्रसार अभियानलाई तीव्र पार्न आह्वान गरे।

बुद्ध सामुदायिक वन उपभोक्ता समूहले वन, वातावरण तथा जैविक विविधता संरक्षणका साथै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले काठबाट विभिन्न आकृति निर्माण गरेर प्रदर्शनीमा राखेको छ । ४९ हजार सात सय ५२ हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वन विसं २०५६ मा स्थापना भएको थियो ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  ४ : २५ बजे

३४ वर्षपछि भत्कियो नवलपुर-१ मा कांग्रेसको गढ, ३४ हजार मतान्तरसहित रास्वपाका राजन गौतम विजयी

नवलपुर । करिब तीन दशकभन्दा लामो समयसम्म नेपाली कांग्रेसको प्रभाव

झापाका पाँचै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’

भद्रपुर । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापाका पाँचै निर्वाचन

खोटाङबाट श्रम संस्कृति पार्टीको खाता खुल्यो, आरेन राई निर्वाचित

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत खोटाङबाट श्रम संस्कृति पार्टीले पहिलो

प्रतिनिधिसभा निर्वाचनमा रास्वपाको ऐतिहासिक सफलता, १२९ क्षेत्रको नतिजा आउँदा १०० सिटमा जीत

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ मतगणना जारी रहँदा राष्ट्रिय

इलाम-२ बाट एमाले उम्मेदवार सुहाङ निर्वाचित

इलाम । प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाम-२ बाट नेपाल कम्युनिष्ट पार्टी