५ श्रावण २०८३, मंगलबार | July 22, 2026

अध्ययनरत विद्यार्थीलाई रोजगारीको अवसर प्रदान गर्ने गरी होटल पौवा र बुटवल कालिका क्याम्पसबीच सम्झौता



बुटवल । नेपाली स्वादका लागि छुट्टै पहिचान बनाएको होटल पौवाले बुटवल कालिका क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई रोजगारीको अवसर प्रदान गर्ने भएको छ । शुक्रबार होटल पौवा र बुटवल कालिका क्याम्पसबीच क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई रोजगारीको अवसर प्रदान गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

बुटवल कालिका क्याम्पस बुटवल १० रामनगरमा भएको सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा क्याम्पसका तर्फबाट सहायक क्याम्पस प्रमुख महेश पाण्डे र नेपालका विभिन्न स्थानहरुमा नेपाली हस्पिटालिटीसहितको सेवा दिँदै आएको होटल पौवाको तर्फबाट होटलका चिफ अपरेटिङ्ग अफिसर बालकृष्ण गौतमले संयुक्त रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरेको होटल पौवाका ब्राण्ड विभाग प्रमुख विष्णु भण्डारीले जानकारी दिए ।

पछिल्लो समय नेपाली विद्यार्थीहरुमा विदेशिने लहर बढेपछि विद्यार्थीहरुलाई नेपालमा नै रोजगारीको अवसर प्रदान गर्ने उद्धेश्यका साथ यो सम्झौता गरीएको भण्डारीले बताए । उनले भने “प्राथमिकताका साथ क्याम्पसका विद्यार्थीहरुलाई होटल पौवाले सिकाउने, रोजगारी दिने र नेपालमै काम गर्न पर्छ र नेपालमा नै रोजगारी सिर्जना गर्ने गरी हस्ताक्षर भएको छ ।”

सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा बि.बि.एस चौथो वर्षमा अध्यनरत करीब ३०० विद्यार्थीको सहभागिता रहेको कार्यक्रमको संचालन क्याम्पसका बित्त विभागका प्रमुख केशवराज न्यौपानेले गरेका थिए ।

‘जहाबाट आतिथ्यताको सुरुवात हुन्छ’ भन्ने मूल नारासहित नेपाली हस्पिटालिटी सहितको सेवा दिने उद्देश्यले देशभर आफ्नो शाखा बिस्तारलाई समेत तिब्रता दिँदै आएको होटल पौवाले लुम्बिनी प्रदेशका प्रायः सबै पर्यटकीय स्थलमा पहुँच बिस्तार गरेको छ । हालसम्म देशभरीका १५ स्थानबाट होटल पौवाले सेवा दिइरहेको छ । छिमेकी प्रदेश कर्णालीको जुम्ला, सुदूरपश्चिमको धनगढी, दाङको भालुवाङ, घोराही र लमही, कपिलवस्तुको गोरुसिङ्गे, रुपन्देहीको योगीकुटी र भैरहवाको चिल्ड्रेन पार्क, पाल्पाको तानसेन, गुल्मीको रेसुङ्गा, गण्डकी प्रदेशको राजधानी पोखरा र नवलपुर खोटाङको हलेसी बाग्मती प्रदेशको सिन्धुली तथा संघीय राजधानी काठमाडौंको गौशालामा पौवाको सेवा संचालनमा रहेका छन् । यसैगरी बागमती प्रदेशकै चितवनको भरतपुरमा र लुम्बिनी प्रदेशको औद्योगिक राजधानी बाँकेको नेपालगन्जमा शाखा बिस्तार गरी शिघ्र संचालनको तयारीमा रहेको छ ।

‘स्वदेशी तथा विदेशी पाहुनालाई नेपाली आतिथ्यको न्यानोपन दिनु हाम्रो दायित्व हो । यसका लागि हामीले हाम्रा खानामा लगातार परिमार्जन गरिरहेका छौं,’ ब्राण्डिङ प्रमुख भण्डारीले भने, ‘नेपाली रैथाने खानालाई स्वदेशी र विदेशी पर्यटकमाझ लोकप्रिय बनाउँदै नेपाली खानाको अन्तराष्ट्रियकरण गर्ने अभियानमा हामी एक कदम अघि बढ्दैछौं ।’

 

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  ९ : २३ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं