४ पुस २०८२, शुक्रबार | December 20, 2025

जमिनमुनी गाडीएको सुन भन्दै २ करोड ठगी गर्ने एकजना पक्राउ



नेपालगन्ज । जमिनमुनी सुन छ भन्दै २ करोड ठगी गर्ने एक भारतीयलाई बाँके प्रहरीले पक्राउ गरेको छ । जमिन मुनी करोडौंको सुन रहेको भन्दै नेपालगन्ज १९ का नसिर अहमद बेहेनासँग २ करोड ठगी गरेको अभियोगमा भारतीय नागरिक सदाबुद्दिन हलवाईलाई प्रहरीले पक्राउ गरेको हो ।

नेपालगन्ज उप महानगरपालिका वडा नं १९ मोहनपुर स्थित ईट्टाभट्टा भित्रको जमिनमा करोडौंको सुन गाडिएको भन्दै हलवाईले २ करोड रकम ठगी गरेको प्रहरीले जनाएको छ । हलवाईले तान्त्रिक नाटक गरि ईट्टाभट्टाबाट माटोको घैटोमा रहेको पहेंलो रङको सिक्का, पित्तलको घैंटोमा रहेको नक्कली चेन, धाचुबाट बनेका केही गणेशको मूर्ति देखाई बेहेनाबाट २ करोड रकम ठगी गरेको प्रहरीको भनाई छ ।

बेहेनाले नक्कली धातु देखाएर आफुसँग दुई करोड ठगी गरेको भन्दै दिएको उजुरीका आधारमा हलवाईलाई नेपालगंज उप-महानगरपालिका ४ बसपार्कबाट पक्राउ गरिएको बाँके प्रहरी प्रवक्ता डीएसपी आयुस जोशीले बताए । प्रहरीले पक्राउ परेका हलवाईले सुन भन्दै बेहेनालाई बुझाएको तिन वटा माटोको घैटो र सो घैटो भित्र पहेंलो धातुले बनेको सिक्का एक हजार उनान्पचास थान, तिनगटा पित्तलको घैटो, धातुले बनेको हेर्दा पुरानो जस्तो देखिने चेन १ थान, धातुले बनेको गणेशको मूर्ति १ थान, विभिन्न आकारका पत्थर ६ सय थान, धातुबाट बनेको डिव्वा ३ थान, लेदरको कालो रंगको झोला भित्र ताविज सहितको डिव्वा १ थान बरामद भएको उनले बताए ।

हलवाईका साथबाट उर्दू अक्षरमा लेखिएको किताब १ थान सहित भरतीय नम्बरको सिल्भर कलरको कार १ थान तथा नेपाल र भारतीय बैंकका चेक तथा भौचरहरु बरामद गरीएको प्रहरीले जनाएको छ । पक्राउ परेका हलवाईलाई ४ दिन म्याद थप गरेर अनुसन्धान सुरु गरिएको डीएसपी जोशीले बताए।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ९ : ०८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको