२० माघ २०८२, मंगलबार | February 3, 2026

जमिनमुनी गाडीएको सुन भन्दै २ करोड ठगी गर्ने एकजना पक्राउ



नेपालगन्ज । जमिनमुनी सुन छ भन्दै २ करोड ठगी गर्ने एक भारतीयलाई बाँके प्रहरीले पक्राउ गरेको छ । जमिन मुनी करोडौंको सुन रहेको भन्दै नेपालगन्ज १९ का नसिर अहमद बेहेनासँग २ करोड ठगी गरेको अभियोगमा भारतीय नागरिक सदाबुद्दिन हलवाईलाई प्रहरीले पक्राउ गरेको हो ।

नेपालगन्ज उप महानगरपालिका वडा नं १९ मोहनपुर स्थित ईट्टाभट्टा भित्रको जमिनमा करोडौंको सुन गाडिएको भन्दै हलवाईले २ करोड रकम ठगी गरेको प्रहरीले जनाएको छ । हलवाईले तान्त्रिक नाटक गरि ईट्टाभट्टाबाट माटोको घैटोमा रहेको पहेंलो रङको सिक्का, पित्तलको घैंटोमा रहेको नक्कली चेन, धाचुबाट बनेका केही गणेशको मूर्ति देखाई बेहेनाबाट २ करोड रकम ठगी गरेको प्रहरीको भनाई छ ।

बेहेनाले नक्कली धातु देखाएर आफुसँग दुई करोड ठगी गरेको भन्दै दिएको उजुरीका आधारमा हलवाईलाई नेपालगंज उप-महानगरपालिका ४ बसपार्कबाट पक्राउ गरिएको बाँके प्रहरी प्रवक्ता डीएसपी आयुस जोशीले बताए । प्रहरीले पक्राउ परेका हलवाईले सुन भन्दै बेहेनालाई बुझाएको तिन वटा माटोको घैटो र सो घैटो भित्र पहेंलो धातुले बनेको सिक्का एक हजार उनान्पचास थान, तिनगटा पित्तलको घैटो, धातुले बनेको हेर्दा पुरानो जस्तो देखिने चेन १ थान, धातुले बनेको गणेशको मूर्ति १ थान, विभिन्न आकारका पत्थर ६ सय थान, धातुबाट बनेको डिव्वा ३ थान, लेदरको कालो रंगको झोला भित्र ताविज सहितको डिव्वा १ थान बरामद भएको उनले बताए ।

हलवाईका साथबाट उर्दू अक्षरमा लेखिएको किताब १ थान सहित भरतीय नम्बरको सिल्भर कलरको कार १ थान तथा नेपाल र भारतीय बैंकका चेक तथा भौचरहरु बरामद गरीएको प्रहरीले जनाएको छ । पक्राउ परेका हलवाईलाई ४ दिन म्याद थप गरेर अनुसन्धान सुरु गरिएको डीएसपी जोशीले बताए।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ९ : ०८ बजे

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

ललितपुरबाट पेस्तोलसहित तीन जना नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बलले ललितपुरबाट आज पेस्तोलसहित तीन जनालाई

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको