३ फाल्गुन २०८१, शनिबार | February 15, 2025

डीपी अर्याल बने रास्वपाको कार्यवाहक सभापति



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डोलप्रसाद अर्याल (डीपी अर्याल))लाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेको छ ।

सभापति रवि लामिछाने विरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको भोलिपल्ट बसेको रास्वपाको सचिवालय बैठकले अर्याललाई कार्यवाहक सभापति तोक्ने निर्णय गरेको हो ।

बैठकपछि प्रवक्ता मनिष झाले भने, ‘सभापति लामिछानेको सिफारिसमा उपसभापति अर्याललाई कार्यवाहक सभापति तोक्ने निर्णय सचिवालय बैठकले गरेको छ ।’

सभापति लामिछाने विरुद्ध मुद्दा प्रक्रिया अघि बढेपछि जिल्ला प्रहरी कार्यालय कास्कीले संसद सचिवालयलाई पत्राचार गरेको छ । यद्यपी, सभामुख देवराज घिमिरेले लामिछानेको सांसद पद पनि निलम्बन हुने या नहुने विषयमा अहिलेसम्म निर्णय गरेका छैनन्।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  ५ : २३ बजे

पाल्पामा ११ महिनामा ‘साइबर’ अपराधका ५३ उजुरी

पाल्पा । जिल्लामा ११ महिनाको अवधिमा ‘साइबर’ अपराधका ५३ उजुरी

‘वर्षा हुने बलियो मौसम प्रणाली छैन’

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीका कारण आज काठमाडौँ उपत्यकासहित

पेट्रोलको मूल्य बढ्यो, डिजेल/मट्टीतेलको घट्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छभने डिजेल

बाँकेमा १५ वर्षिया किशोरी बलात्कृत, अत्याधिक रक्तश्राव भएपछि अस्पताल भर्ना, एकजना पक्राउ

नेपालगन्ज । बाँकेको नरैनापुरमा एकजना १५ वर्षिय किशोरी बलात्कृत भएकी

पत्रकार महासंघको वनभोजमा डुडुवाको प्रतिबद्धता : महासंघ भवनमा सेमिनार हल बनाईदिने

नेपालगन्ज । लामो समयदेखि निरन्तरता पाउन नसकेको बाँकेका पत्रकारहरुबीचको पत्रकार