६ भदौ २०८३, शनिबार | August 23, 2026

निजामती कर्मचारी अस्पतालमा परम्परागत चिनियाँ चिकित्सा सेवा सुरु



काठमाडौँ । निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) ले परम्परागत चिनियाँ चिकित्सा सेवा सुरु गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गले आज संयुक्त रूपमा ‘परम्परागत चिनियाँ अन्तर्राष्ट्रिय निदान तथा उपचार केन्द्र’ को उद्घाटन गरे ।

मन्त्री गुप्ताले यस चिकित्सा पद्धतिले आधुनिक उपचार प्रणालीलाई समृद्ध बनाएको बताए । “मानव शरीर, प्रकृति र ऊर्जाको सन्तुलनमा यो विधि आधारित छ । एक्युपञ्चर, हर्बल मेडिसिन, मसाज (तुइना) र खानपानसम्बन्धी परामर्शलगायत विधिले उपचार प्रणालीलाई नै समृद्ध बनाउँदै लगेको छ”, उनले भने, “त्यस्तो विधि नेपालमा पनि सुरु गरिएको छ । यसले यहाँको उपचार प्रणालीलाई थप समृद्ध बनाउने विश्वास लिएको छु ।”

मन्त्री गुप्ताले विश्वभर स्वास्थ्य सेवामा नवीन प्रविधि र परम्परागत ज्ञानको संयोजन बढिरहेको र त्यसले स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउने धारणा राखे । अस्पतालको स्थापना र त्यसपछि हालसम्म निरन्तर सहयोग गर्दै आएकामा चीन सरकारप्रति कृतज्ञता व्यक्त गर्दै उनले अस्पताललाई अझै विस्तारित र प्रभावकारी बनाउन भविष्यमा चिनियाँ सहयोग आवश्यक रहेको बताए । “इतिहासदेखि नै कायम नेपाल–चीन मित्रताको सम्बन्धलाई थप विस्तारित गर्न यस युनिटले महत्वपूर्ण योगदान दिने विश्वास लिएको छु”, मन्त्री गुप्ताले भने ।

नेपालमा लागि चीनका राजदूत सोङ्गले सिभिल अस्पताललाई विश्वस्तरीय सेवाका साथ नेपालकै नमूना अस्पताल बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अस्पतालका कार्यकारी निर्देशक डा विधाननिधी पौडेलले अस्पतालले अबदेखि चिनियाँ चिकित्सा पद्धति सेवा उपलब्ध गराउने बताए । उनका अनुसार चीन सरकारले जनशक्ति, औषधि र प्रविधिसहित हाल दुई जना चिकित्सक उपलब्ध गराएर सेवा दिइने छ ।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  ९ : ५५ बजे

प्रधानमन्त्री वालेन्द्र शाहले गरे मुक्तिनाथको दर्शन

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले आज साँझ पवित्र धार्मिकस्थल मुक्तिनाथको

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौँ । काठमाडौँ महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर

कांग्रेसद्वारा ‘प्रदीप गिरि स्मृति फेलोसिप’ घोषणा

ललितपुर । नेपाली कांग्रेसले अनुसन्धान, पुस्तक लेखन, अनुवाद तथा दस्ताबेजीकरणका

सतर्कता केन्द्रको अनुगमन : न सरकारी पोसाकमा कर्मचारी/ न समयमा कार्यालय

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले उपत्यकाका

सरकार र दुर्गा प्रसाईं समूहबीच १४ बुँदे सहमति

काठमाडौँ । नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र