१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

अण्डाको मूल्य हालसम्मकै उच्च



चितवन । लेयर्स कुखुरापालक किसानले अण्डाको मूल्य हालसम्मकै उच्च पाएका छन् । निरन्तर घाटामा बिक्री हुँदै आएको अण्डाको मूल्य शनिबारदेखि हालसम्मकै उच्च मूल्यमा बिक्री हुने भएको हो ।

शनिबारदेखि लागु हुनेगरी ठूलो अण्डाको फार्म मूल्य प्रतिपेटी (७ क्रेट) रू ३ हजार ६ सय र मझौलाको रू ३ हजार ५ सय कायम गरिएको छ । योसँगै किसानले लागत मूल्य पाउने भएका हुन् । नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा रू १६ दशमलब ५६ पर्न आउँछ । यससँगै खुद्रा उपभोक्ता प्रतिगोटा २२.५० कायम गरिएको छ ।

नेपाल लेर्यस कुखुरा पालक संघका अध्यक्ष बिनोद पोखरेलका अनुसार किसानले मूल्य बढेसँगै लागत मूल्य पाउनेभएका हुन् । उनका अनुसार दाउन्ने एग्रोफार्म, हिमचुुली पोल्ट्री, खिलुङकाली (जनकपुर एग्रो) सुविश पोल्ट्री भिज्जु पोल्ट्री, शिवम् लेयर्स फार्म लगायतले काठमाडौँको होलसेल बजारमा शनिबारदेखि कायम हुने गरी ठूलो अण्डा प्रतिपेटी रू तीन हजार सात सय ५० देखि रू तीन हजार सात सय ८० सम्म र मझौलाको रू तीन हजार छ सय ५० देखि रू तीन हजार छ सय ८० सम्म प्रतिपेटी दररेट कायम गरेका छन् ।

पोखरेलका अनुसार जाडोका कारण उत्पादनमा कमी, अण्डा उत्पादन गर्ने कुखुरामा गिरावट, पर्यटक बढेको र स्कुल कलेज सञ्चालनमा आएसँगै अण्डाको माग बढेकाले मूल्य पनि बढेको हो । किसानको फार्ममा बुढो कुखुरा बिक्री भएसँगै धेरै किसान विस्थापित भएकाले नयाँ चल्ला हाल्न नसकेको उनको भनाइ छ । उनले भने, “अहिलेको अवस्थालाई हेर्दा अण्डाको मूल्य क्रमश बढ्ने देखिन्छ”, उनले थपे, “अण्डाको मूल्य बढेपछि किसान उत्साहित बनेका छन् । अहिले दैनिक २२ लाख गोटा हाराहारी अण्डा उत्पादन हुँदै आएको छ ।”

पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले उत्पादन घटेको र माग बढेपछि अण्डाको मूल्य बढेकोे बताए । उनले भने, “अण्डा हुनेले अब लागत मूल्य पाउने भएका छन् ।”

नोक्सान थपिँदै गएपछि धेरै किसान विस्थापित भएको उद्योग सङ्घ चितवनका निवर्तमान अध्यक्षसमेत रहेका कुखुरापालक किसान त्रिलोचन कँडेलले बताए । गतवर्ष पनि पुस महिनामा चार पटक अण्डाको मूल्य वृद्धि भएको थियो । कँडेलले भने, “अब किसानले लागत मूल्य पाएनन् भने बाँकी रहेका किसान विस्थापति हुन्छन् । ”

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  ९ : ४६ बजे

एनपिएल : सुदूरपश्चिम रोयल्सविरुद्ध विराटनगर किङ्सको सहज जित

काठमाडौँ । विराटनगर किङ्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल०

रुपन्देहीमा भित्रियो फोर–डी, फाइभ–डी र इलास्टोग्राफी प्रविधिका स्वास्थ्य उपकरण

बुटवल । रुपन्देहीको तिलोत्तमामा प्रबिधियुक्त फोर–डी, फाइभ–डी र इलास्टोग्राफी प्रविधिका

नेपालगन्जमा अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीप, सगरमाथा स्वीमिङ क्लबको अग्रता

नेपालगन्ज । नेपालगन्जमा आजबाट नबिल बैंक तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ

दिवङ्गत श्रीमतीको स्मृतिमा गलेश्वरमा सामुदायिक भवन निर्माण

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर शिवालय मन्दिर

रास्वपाले भन्यो, ‘न्यायालयका पुनर्संरचना हुन्छ तर संसदवाट’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले न्यायालयमा देखिएका विकृति, विसङ्गति