२५ भदौ २०८३, बिहिबार | September 10, 2026

कालिका मानवज्ञान माविमा ‘फुड फेष्टिभल’, विद्यार्थीले पकाए अभिभावकले खाए



बुटवल । देशकै सर्वोत्कृष्ठ सामुदायीक विद्यालयको रुपमा पहिचान स्थापना बनाएको बुटवल उपमहानरपालिका वडा नम्बर १० मा रहेको कालिका मानवज्ञान माविम फुड फेष्टीभल गरिएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो पाक कला प्रस्तुत गर्दै विभिन्न परिकार बनाएर अभिभावकहरुलाई खुवाएका हुन ।

बुटवल १० कालिकानगरमा सेक्टर १ र रामनगरमा रहेको सेक्टर २ मा एकै दिन अर्धबार्षिक परिक्षाको परिक्षाफल प्रकाशन संगै फुड फेष्टिभल आयोजना गरिएको संयोजक इबराज तिवारीले जानकारी दिए । उनका अनुसार विद्यालयबाट नै लगानी गरेर विद्यार्थीहरुको पाक कला लाई प्रस्तुत गर्ने गरी यो कार्यक्रम आयोजना गरिएको हो । विद्यालयमा आयोजना गरिएको फेष्टिभलमा सहभागी विद्यार्थीहरुले नतिजा लिन विद्यालयमा आएको अभिभावकहरुले आफ्ना विद्यार्थीले पकाएको परिकार चाख मानेर उपभोग गरेका थिए ।

विद्यालयले खानाका परिकारहरुको मेन्यु बनाएर विभिन्न स्टल निर्माण गरी विद्यार्थीहरुले विद्यार्थीहरुले परिकार बनाएका हुन । फ्रेन्च फ्राई, भेज पकौडा, चिकन रोष्ट, चिकन चिल्ली, मःम, खिर, अचार, प्याज पकौडा, हलुवा अचार, पनिर पकौडा, कफि, पर्पकन, सेलरोटी अचार, बटुक लगायतका परिकारहरु बनाएर प्रर्दशन तथा विक्रि गरेको खाना महोत्सव संयोजक ईबराज तिवारीले जानकारी दिए ।

खाना महोत्सवमा कक्षा ११ को होटल म्यानेजमेन्ट अध्यायन गर्दै गरेका विद्यार्थीहरुले समेत आफ्नो सीप र कौसल प्रस्तुत गरेका थिए । कक्षा ७ देखि कक्षा ११ सम्मका विद्यार्थीहरुको सहभागीतामा खाना महोत्सव गरिएको विद्यालयका प्रधानाध्यापक दिनेश थापाले जानकारी दिए । विद्यार्थीहरुमा रहेको पाक कला प्रर्दशन, सिकाई उपलब्धीको लागि यी र यस्ता प्रर्दशनी विद्यालयले आयोजना गर्दै आईरहेको विद्यालयका प्रधानाध्यापक थापाको भनाई छ । साथै बाल कक्षा देखि कक्षा १० सम्मको दोस्रो त्रैमासिक परिक्षाको परिक्षाफल प्रकाशन समेत प्रकाशन गरिएको विद्यालयका परिक्षा संयोजक युवराज कण्डेलले जानकारी दिए ।

विद्यालयको सेक्टर २ रामनगरमा पनि नतिजा प्रकाशन सहित खाना महोत्सव भव्य रुपमा सम्पन्न गरिएको अतिरिक्त क्रियापकलाप संयोजक रेजिन केसीले जानकारीदिईन् । विद्यालयमा पुस्तक प्रर्दशन समेत राखीएको विद्यार्थीहरुले चाख दिएर विद्यालय कोर्ष र अतिरिक्त पुस्तक समेत किन्नुको साथै प्रर्दशनमा चाख दिएर सहभागीता जनाएको सेक्टर २ ईन्चार्ज कृष्ण गौतमलले जानकारी दिए ।

सेक्टर २ का विद्यार्थीहरुले खानाका थप परिकारमा भट्मास साँदेको, चुकौनी, आलु चना लगायतका परिकार बनाएका थिए । न्युनतम ३० रुपैया देखि अधिकतम १०० रुपैयाँको खानाको परिकार निर्माण गरेको विद्यालयका अतिरिक्त क्रियाकलपा संयोजक विवेकराज पोखरेलले जानकारी दिए । विद्यालयमा नेपाल नियमित रक्तदाता संघको संमन्वयमा वृहत रक्तदान समेत गरिएको थियो । जसमा विद्यार्थीहरुले उत्साहपूर्वक रक्तदान कार्यक्रममा सहभागी भएका थिए ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ३ : १४ बजे

अधुरा तथा अपूरा आयोजनाको विवरण सङ्कलन गर्न समिति गठन

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपूरा

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडौँ । हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीले

चीनमा कार्गो जहाजमा आगलागी : कम्तीमा २० जनाको मृत्यु

काठमाडौँ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौ. । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

नवनियुक्त मन्त्री साह भन्छन् – ग्यास आपूर्ति सहज बनाउने पहिलो प्राथमिकता

काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पदभार