२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

पार्टीमा अनुशासन आवश्यक : महासचिव पोखरेल



काठमाडौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टीमा अनुशासन आवश्यक रहेको बताएका छन ।

राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालको ३७ औँ वार्षिक उत्सवलाई आज यहाँ सम्बोधन गर्दै उनले अनुशासित पार्टीले मात्र मुलुकको लक्ष्य प्राप्ति गर्ने बताए ।

महासचिव पोखरेलले पार्टीमा वैरीहरुले आक्रमण गरिरहेको बेला पार्टीमा एकता आवश्यकता रहेको बताए । उनले यस्तो बेलामा पार्टी निर्णय विरुद्ध जान उचित नहुने बताए ।

महासचिव पोखरेलले कृषिलाई बदल्न नसकेकाले युवा जोडिन नमानेको र पुरानै पुस्ताले धानेको कृषिबाट मुलुकको आर्थिक विकास र समृद्धि पूरा नहुने बताए । “देश बनाउने कुरा गफ गरेर हुँदैन । त्यसको जगमा प्रवेश गर्नुसक्नुपर्दछ”, उनले भने ।

महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीले सांस्कृतिक परिवर्तनविना राजनीतिक परिवर्तनले स्थायित्व लिन नसक्ने बताए ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ८ : ०२ बजे

अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालन

काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । तुइन खोलानजिकै

संघीय संसदका तीन समितिको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीन वटा समितिको बैठक बस्ने

हर्क साम्पाङ र सुदन किरातीबीच पार्टी एकतामा सैद्धान्तिक सहमति, आज औपचारिक घोषणा गरिने

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र पूर्वमन्त्री

दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस

काठमाडौं । विश्वका विभिन्न देशमा आज र भोलि दोस्रो विश्वयुद्धका

हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा राखियो

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पहिलोपटक हिउँचितुवा