२२ चैत्र २०८२, आइतबार | April 6, 2026

शिक्षण सिकाई क्रियाकलापलाई नयाँ युग अनुसार बदल्न जरुरी छ : मुख्यमन्त्री आचार्य



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिक्षण सिकाई क्रियाकलापलाई नयाँ युग अनुसार बदल्न जरुरी रहेको बताएका छन ।

लुम्बिनी वल्ड स्कुलले तिलोत्तमामा आयोजना गरेको तेस्रो टिचिङ्ग लर्निङ्ग एक्स्पो २०८१ उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले आधारभुत तहबाटै विद्यार्थीहरुलाई खोज अनुसन्धानको माध्यमबाट शिक्षण सिकाई गर्नेगरी भूमिका बढाउन जरुरी रहेको बताएका हुन । ‘अध्ययन, अनुसन्धान अव नयाँ युग अनुसार चल्न र चलाउन जरुरी छ । सिपयुक्त जनशक्तिले स्वरोजगार र उद्यमशिलता बढाउछ’ उनले भने, ‘युगले खोजेको जनशक्ति अव दक्ष र सिपयुक्त हो । त्यही अनुसार शिक्षण प्रणालीको विकास गर्न जरुरी छ ।’ दक्ष, आत्मनिर्भर र सिपयुक्त जनशक्ति उत्पादन तीन तहकै सरकारको प्राथमिकतामा रहेको बताउदै विद्यार्थीहरुको क्षमता अभिवृद्धिलाई केन्द्रमा राखेर विद्यालयहरुले शिक्षण सिकाई गर्न जरुरी रहेको धारणा राखे । ‘परम्परागत शिक्षण विधि, परम्परागत कक्षाकोठा होइन, अब प्रविधिले दिएको सुविधालाई उपयोग गरेर सिक्ने र सिकाउने काम अघि बढाउन जरुरी छ’ उनले भने, ‘बदलिलो समय र मागको आधारमा सिकाई गर्ने पद्धती पनि बदलिनुपर्छ ।’ प्रदेश सरकारले गुणस्तरीय र सिपयुक्त जनशक्ति उत्पादनलाई प्राथमिकतामा राखेर नीति निर्माण गरेको जानकारी दिदै उनले शैक्षिक गुणस्तर बढाउने बिषय सबैको साझा भएको बताए । विद्यार्थीको मनोभावना बुझेर शिक्षण गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै उनले हरेक विद्यालयले विद्यार्थीको रुचीको आधारमा अध्ययन, अनुसन्धानको काममा संलग्न गराउनुपर्नेमा जोड दिए ।

विद्यालयले टिचिङ्ग लर्निङ्ग एक्स्पो मार्फत विद्यार्थीले तयार पारेका विज्ञान तथा प्रविधिसंग जोडिएका सामाग्री सार्वजनिक गरिएको हो । मुख्यमन्त्री आचार्यले विद्यार्थीहरुको मेहनतको उच्च प्रशंसा गर्दै निरन्तरताको कामना गरे ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष योगेश घिमिरेले विद्यालयले टिचिङ्ग लर्निङ्ग एक्स्पो मार्फत विद्यार्थीले तयार पारेका विज्ञान तथा प्रविधिसंग जोडिएका सामाग्री सार्वजनिक गर्दै कार्यक्रम गरिएको बताएका थिए ।

विद्यार्थीहरुमा शिक्षण सिकाई क्रियाकलपामा जोड दिनुको साथै अतिरिक्त क्रियाकलापमा जोड दिने गरी कार्यक्रम आयोजना गरिएका अध्यक्ष घिमिरेको भनाई रहेको छ । विद्यालयका प्रधानाध्यापक बिष्णु प्रसाद ढकाल ले सिकाई उपलब्धी, ईनोभेषसन, ईनोभेटिभ कार्यको लागि विद्यालयले तेस्रो पटक कार्यक्रम आयोजना गरिएको जानकारी दिए । विश्वव्यापी शैक्षिक मापदण्ड अनुसार विद्यालयले विभिन्न रचनात्मक क्रियाकलपा गर्दै आएको जानकारी दिदै प्रधानाध्यापक ढकालले यसलाई निरन्तता दिने बताएका थिए ।

कार्यक्रममा तिलोत्तमा नरपालिका वडा नम्बर १३ का अध्यक्ष नारायण ढकाल, नेपाल पत्रकार महासंघ रुपन्देहीका कार्यवाहक अध्यक्ष विश्वास ढकालसहित अभिभावक, विद्यालय सञ्चालक समितिका पदाधिकारी, सदस्यहरु सहित स्थानीय सरोकारवाला निकायहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले निर्माण गरेका विज्ञान, आविस्कारसंग सम्बन्धीत विभिन्न स्टल सहितको प्रर्दशन समेत गरिएको थियो । विद्यार्थीहरुले मौलिक थारु नृत्य सहित अन्य नृत्य समेत प्रस्तुत गरेका थिए ।

विद्यालयले बालबालिकालाई सशक्त बनाउन उनिहरुको शैक्षिक क्षमता र सामाजिक जिम्मेवारी भावनाको विकास गर्नेगरी अध्यापन गराउदै आएको छ ।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  १ : १७ बजे

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका

नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

काठमाडौँ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

नेपालगन्जमा लागु भएको ३ वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने

नेपालगन्ज । नेपालगन्ज उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत (नीजि) विद्यालयहरुलाई

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको