१६ चैत्र २०८२, सोमबार | March 30, 2026

चिनियाँ चलचित्रकर्मीले नेपाललाई छायाङ्कन गन्तव्य बनाउनुपर्दछ : उपमहासचिव पुन



काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले चिनियाँ चलचित्रकर्मीलाई नेपाल आएर छायाङ्कन गर्न निम्तो दिएका छन् । चाइना फिल्म एडमिनिस्ट्रेशन, यहाँस्थित चिनियाँ राजदूतावास, चाइना फिल्म आर्काइभ र नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानद्वारा ठमेलस्थित एक चलचित्र भवनमा संयुक्त रूपमा आयोजित एकदिवसीय ‘चीन चलचित्र दिवस’ को उदघाटन गर्दै उपमहासचिव पुनले नेपालमा छायाङ्कन गर्न आउने चिनियाँ चलचित्रकर्मीलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने, “चीन जस्तो ठूलो चलचित्र उद्योगबाट चलचित्रकर्मी यहाँ आउनुभएमा हाम्रो चलचित्रको स्तर पनि बढ्ने छ । सह निर्माण, कथा आदानप्रदान र प्राविधिक साझेदारीले हामीलाई अन्तर्राष्ट्रियबजारमा अझैँ बलियोसँग प्रस्तुत गर्न सक्छ । यस्ता महोत्सवलाई मनोरञ्जनमा मात्र सीमित नगरी नयाँ सम्भावनाको खोजीको रुपमा उपयोग गर्न सक्नुपर्छ ।”

उपमहासचिव पुनले चीनसँग कूटनीतिक र व्यापारिकसँगै सांस्कृतिक तथा कलाको सम्बन्धलाई बढाउन यस्ता महोत्सव र गतिविधिले निरन्तरता पाउनु पर्नेमा जोड दिए । काठमाडौँमा पहिलोपटक आयोजना गरिएको ‘चीन चलचित्र दिवस’ मा चाइना चलचित्र प्रसाशन (फिल्म एडमिनिस्ट्रेसन) का अन्तर्राष्ट्रिय विभाग निर्देशक सु याङ, अभिनेत्री यु हङ, वितरक कम्पनि टाइगर पिक्चर्स इन्टरटेनमेन्टका प्रमुख ओवेन यङसहित १४ चलचित्रकर्मी सहभागी थिए ।

चाइना चलचित्र प्रसाशन (फिल्म एडमिनिस्ट्रेसन) का अन्तर्राष्ट्रिय विभाग निर्देशक सु याङले सुन्दरसहर काठमाडौँ आउन पाउँदा खुसी लागेको बताए । उनले भने,“यो वर्ष दुई देशको कूटनीतिक सम्बन्धको ६०औँ वर्ष पुगेको सन्दर्भमा चीन चलचित्र दिवस मनाइनु र चलचित्र देखाइनु सुखद् पक्ष हो । हाम्रो चिनियाँ चलचित्र उद्योग सबैका लागि खुल्ला छ, हामी सबैलाई अवसर दिने गरेका छौँ । यस्ता महोत्सवले हाम्रो दुई देशको चलचित्रलाई आदानप्रदान गर्ने विश्वाश लिएको छु ।”

यहाँस्थित चिनियाँ राजदूतावासका डेपुटी चिफ अफ मिसन वाङ जीनले पहिलोपटक मनाउन लागेको ‘चीन चलचित्र दिवस’ले नयाँ सम्भावनाको ढोका खोल्ने विश्वास व्यक्त गरे । उनले भने, “दुई देशका चलचित्रकर्मीलाई जोड्ने काम यो महोत्सवले गरेको छ । चीन विश्वकै चलचित्रका लागि ठूलो बजार मानिन्छ, अब नेपालले त्यहाँ आफ्नो उपस्थिति जनाउनुपर्छ । हामीले आज नेपालमा समेत छायाङ्कन गरिएको चलचित्र प्रदर्शन गरेका छौँ, जहाँ सुन्दर नेपालको सुन्दरता देखिएको छ । हामी यहाँको पर्यटन प्रवद्र्धन गर्न पनि तत्पर छौँ ।”

पहिलोपटक नेपाल आएकी विश्व प्रसिद्ध अभिनेत्री यु हङले नेपालको सत्कार र आतिथ्यता निकै मन परेको बताइन् । “म यहाँको सत्कारले निकै खुसी छु । हामीले हाम्रो चलचित्र देखाउन पाउँदा र नयाँ दर्शकसँग साक्षत्कार गर्न पाउँदा केही सिक्ने विश्वास लिएकी छुँ”, उनले भनिन् ।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले नेपाली चलचित्रकर्मीका लागि चीनमा बजार खोज्ने सम्भावनाको ढोका यस कार्यक्रमले खोलेको उल्लेख गरे । उनले भने, “भारतीय चलचित्रले पनि चीनको बजारबाट मनग्य फाइदा लिएको छ । हामीले त्यहाँ केही चलचित्रलाई पु¥याउन सकेमा नयाँ युगको सुरुआत हुनेछ । नेपाल र चीनबीच सहकार्यको समृद्ध इतिहास छ ।”

कार्यक्रममा अभिनेता नीर शाह, निर्देशक नवल नेपाल, दीपेन्द्र गौचन, कलाकार केदार घिमिरे ‘माग्ने बुढो’ लगायत उपस्थित थिए ।

……
…..
……

प्रकाशित मिति : २५ पुस २०८१, बिहिबार  १० : २६ बजे

लुम्बिनी प्रदेशमा सडक आश्रित मानव उद्धार सुरु

लुम्बिनी । मानवसेवा आश्रमले सडक आश्रित मानवमुक्त लुम्बिनी प्रदेश निर्माण

‘पुराना ऐन खारेज गर्ने र नीतिगत सुधारको प्रतिबद्धता स्वागतयोग्य’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले असान्दर्भिक तथा धेरै

पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ

गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा

लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा मध्यराति पक्राउ

काठमाडौं । लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन