११ असार २०८३, बिहिबार | June 25, 2026

प्रथम मेयर कप भलिबल प्रतियोगिता सुरु



बुटवल । माघे संक्रान्तिको अवसर बुटवलमा शुरु भएको प्रथम मेयर कप खुला भलिबल प्रतियोगिता २०८१ मा मणिमुकुन्द भलिबल क्लब विजयी शुरुवात गरेको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व र मिर्मिरे युवा क्लबको आयोजनामा भएको प्रतियोगितामा मणिमुकुन्दले रोयल बँदेल पोखरी भलिबल क्लबलाई पराजित गरेको हो ।

युवा खेलाडीसहित मैदानमा उत्रेको मणिमुकुन्दले २५-१७, २५-१४, २५-१७ को सोझो सेटमा रोयल बदेलपोखरीलाई पराजित गरेको हो । प्रतियोगिताको एक समारोहका बिच बुटवल उपमहानगरपालिका वडा नं १३ का वडाअध्यक्ष नारायण पुनले उद्घाटन गर्दै युवा खेलाडीहरुलाई प्रोत्साहन गर्ने गरि महत्वपूर्ण कार्यक्रम गरिएको बताए । युवालाई खेल गतिविधिसंगै अनुसासन र भातृत्वमा मदत मिल्ने उनले बताए ।

कार्यक्रममा नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले खेलप्रतिको क्रेजलाई मध्येनजर गरि विभिन्न प्रतियोगिता गर्दै आएको बताए ।

कार्यक्रममा वडा नं १२ का वडाअध्यक्ष डिल्ली प्रसाद शर्मा, नेपाल भलिबल संघ लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष योग गुरुङ, रुपन्देही जिल्ला भलिबल संघका अध्यक्ष सुरेन्द्र शाक्य, भुपसैनिक जबई स्पोर्टिङ क्लबका अध्यक्ष गोपिराम पुनले पर्वको रुपमा प्रतियोगिता हुद‌ै आएको बताए ।

कार्यक्रममा क्लबका अध्य‍क्ष शेरजंग गुरुङले २०४०/२०४२ सालदेखि नै खेलकुद र सामाजिक गतिविधिमा अग्रसर रहेको बताए । युवाहरुलाई एकतावद्घ गराउदै खेलाडी उत्पादन हुने गरि प्रशिक्षण, प्रतियोगिता गर्दै आएको उनले बताए ।

प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख १ हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद ६० हजार १ सय रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने क्लबका उपाध्यक्ष टेकमान गुरुङले बताए । तृतीय हुनेले ३० हजार १ सय नगद कप मेडल प्रमाणपत्र र सान्त्वना हुने टिमले १५ हजार १ सय, कप मेडल प्रमाणपत्र तथा प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई नगद तीन हजार रुपैया तथा विधागत तर्फ उत्कृष्ट ५ जना खेलाडीहरूलाई नगद १ हजार ५ सय रुपैयाबाट पुरस्कृत गरिने उनले बताए ।

पुस २७ देखि माघ १ गतेसम्म चल्ने प्रतियोगितामा आठ टिमले प्रतिस्पर्धा गर्ने क्लबका सचिव रामनारायण श्रेष्ठले बताए । आइतबारको पाच वटा खेलहरु हुने छ ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  १० : ०२ बजे

विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी

काभ्रेपलाञ्चोक । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त विपी राजमार्गको काभे्रपलाञ्चोक–सिन्धुली खण्डमा स्थायी

स्रोत नखुलेको नगद र गरगहनासहित भारतीय नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध नेपाली

सुनको मूल्य तोलामा ५ हजार २०० रुपैयाँ घट्यो, चाँदीको कति ?

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदी दुवैको भाउ घटेको छ

भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२