७ श्रावण २०८३, बिहिबार | July 23, 2026

सात बुँदे सहमति कार्यान्वयनमा प्रधानमन्त्री दृढ देखिनुपर्छ : कांग्रेस नेता शाही



काठमाडौं । नेपाली कांग्रेसका नेता पुष्पकुमार शाहीले प्रधानमन्त्री केपी शर्मा ओली सात बुँदे सहमति कार्यान्वयनमा दृढ हुनुपर्ने बताएका छन्। काठमाडौंको धुम्बाराहीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता शाहीले उक्त कुरा बताएका हुन्।

कांग्रेस(एमालेबीच सत्ता गठबन्धन हुँदै गर्दा सहमति गरिएका साँतै बुँदा अक्षरशस् पालना गर्न सरकार प्रतिवद्ध हुनुपर्ने उनले बताए।

‘प्रधानमन्त्रीले नै राष्ट्रियसभाका कारण संविधान संशोधन गर्न गाह्रो हुन्छ। अब २०८७ मा मात्र संशोधन हुन्छ भन्नु गठबन्धनको भावना विपरित हो। उहाँले सत्तारुढ दल कांग्रेसको आफूलाई साथ छ। गठबन्धनको भावना विपरित बोल्नु हुँदैन। सहमतिका बुँदा कार्यान्वयनमा केन्द्रीत हुनुपर्छ भन्ने हेक्का राख्नुपर्छ’, उनले भने।

कांग्रेस सभापति शेरबहादुर देउवाले कतै सत्ता सहयात्राका विषयमा टिप्पणी नगर्दा प्रधानमन्त्रीले अनावश्यक बोलिरहनु उपयुक्त नहुने उनको भनाइ छ। गठबन्धन लगका कुनै पनि नेतालाई मनलाग्दी अभिव्यक्ति नदिन उनले आग्रह गरेका छन्।

दुई ठूला दल एक ठाउँमा आउँदा जनतामा विकास र समृद्धिको आसा जागेकोमा त्यसलाई मर्न दिन नहुने उनी बताउँछन्।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ५ : ३७ बजे

विश्वकप लिग-२ : पहिलो जितको खोजीमा नेपाल, आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यक : महालेखापरीक्षक राया

काठमाडौं । महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज मनाइँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको

साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशुसेवा विभाग

चितवन । पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ