२३ भदौ २०८३, मंगलबार | September 8, 2026

मेयर कप भलिबल : मणिमुकुन्द र गोलपार्क अन्तिम चारमा प्रवेश



बुटवल । माघे संक्रान्तिको अवसर बुटवलमा जारी प्रथम मेयर कप खुला भलिबल प्रतियोगितामा मणिमुकुन्द भलिबल क्लब ‘ए’ र गोलपार्क विजयी हुदै अन्तिम चारमा स्थान बनाएका छन ।

बुटवल उपमहानगरपालिकाको संरक्षकत्व र मिर्मिरे युवा क्लबको आयोजनामा आईतबार भएको पहिलो क्वाटरफाईनल खेलमा मणिमुकुन्द भलिबल क्लब ‘ए’ ले ईडन बोर्डिङ स्कुललाई ३-० को सोझो सेट तथा दोस्रो क्वाटरफाईनल खेलमा गोलपार्क भलिबल क्लबले पाल्पा भलिबल एसोशिएसनलाई ३-१ को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन ।

प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख १ हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद ६० हजार १ सय रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने क्लबका अध्यक्ष शेरजंग गुरुङले बताए । तृतीय हुनेले ३० हजार १ सय नगद कप मेडल प्रमाणपत्र र सान्त्वना हुने टिमले १५ हजार १ सय, कप मेडल प्रमाणपत्र तथा प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई नगद तीन हजार रुपैया तथा विधागत तर्फ उत्कृष्ट ५ जना खेलाडीहरूलाई नगद १ हजार ५ सय रुपैयाबाट पुरस्कृत गरिने उनले बताए । पुस २७ देखि माघ १ गतेसम्म चल्ने प्रतियोगितामा आठ टिमले प्रतिस्पर्धा गर्दछन ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ८ : ५२ बजे

रसुवा बाढीबाट सिक्नुपर्ने पाठ

सोलुखुम्बु । रसुवाको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको

शहीदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध प्रतिक्रियावादी चलखेल भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

काठमाडौ  ।  पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो

फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । केहीदिन ओरालो लागेको सुनको भाउ मंगलबार तोलामा ३

मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङ्देम्बेको माग

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं संसदीय दलका सदस्य भीष्मराज