२० मंसिर २०८२, शनिबार | December 6, 2025

मेयर कप भलिबल : मणिमुकुन्द र गोलपार्क अन्तिम चारमा प्रवेश



बुटवल । माघे संक्रान्तिको अवसर बुटवलमा जारी प्रथम मेयर कप खुला भलिबल प्रतियोगितामा मणिमुकुन्द भलिबल क्लब ‘ए’ र गोलपार्क विजयी हुदै अन्तिम चारमा स्थान बनाएका छन ।

बुटवल उपमहानगरपालिकाको संरक्षकत्व र मिर्मिरे युवा क्लबको आयोजनामा आईतबार भएको पहिलो क्वाटरफाईनल खेलमा मणिमुकुन्द भलिबल क्लब ‘ए’ ले ईडन बोर्डिङ स्कुललाई ३-० को सोझो सेट तथा दोस्रो क्वाटरफाईनल खेलमा गोलपार्क भलिबल क्लबले पाल्पा भलिबल एसोशिएसनलाई ३-१ को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन ।

प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख १ हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद ६० हजार १ सय रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने क्लबका अध्यक्ष शेरजंग गुरुङले बताए । तृतीय हुनेले ३० हजार १ सय नगद कप मेडल प्रमाणपत्र र सान्त्वना हुने टिमले १५ हजार १ सय, कप मेडल प्रमाणपत्र तथा प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई नगद तीन हजार रुपैया तथा विधागत तर्फ उत्कृष्ट ५ जना खेलाडीहरूलाई नगद १ हजार ५ सय रुपैयाबाट पुरस्कृत गरिने उनले बताए । पुस २७ देखि माघ १ गतेसम्म चल्ने प्रतियोगितामा आठ टिमले प्रतिस्पर्धा गर्दछन ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ८ : ५२ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले