८ माघ २०८२, बिहिबार | January 22, 2026

मधेस केन्द्रित दलले मोर्चा गठन गर्दै, भोलि कार्यदलको पहिलो संयुक्त बैठक



काठमाडौं। तराइ मधेस केन्द्रित दलहरूले मोर्चा गठनको तयारीलार्इ तिब्रता दिएका छन् ।

संसदमा प्रतिनिधित्व गर्नेदेखि संसद बाहिर रहेका तराइ मधेस केन्द्रित दलले मोर्चा गठन गर्ने तयारी गरेका हुन ।

जसअनुसार मंगलबार बिहान १० बजे समर्पण एकडेमी, धुम्बाराहीमा पहिलो पटक संयुक्त कार्यदलको बैठक बस्दैँछ ।

सो बैठकमा अशोक राइ नेतृत्वको जनता समाजवादी पार्टीवाट रेणु यादव र इस्तियाक राई सहभागी हुने छन् भने उपेन्द्र यादवको जनता समाजवादी पार्टी, नेपालवाट राजकिशोर यादव सहभागी हुनेछन् ।

उता, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीबाट जितेन्द्र सोनल तथा सुरेन्द्र झा सहभागी रहने छन भने जनमत पार्टीबाट अब्दुल खान र शरद यादवको प्रतिनिधित्व रहनेछ ।

यसैगरी, संसद बाहिर रहेका दलहरू मध्ये जनप्रगतिशील पार्टीवाट शिवजी यादव तथा राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबाट केशव झाको प्रतिनिधित्व रहनेछ । तराइ मधेस लोकतान्त्रिक पार्टीबाट वृषेश चन्द लालले उपस्थित जनाउने छन् ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  १ : ३२ बजे

दाङका वनका सालको रूखमा महामारी, ‘मथ’पुतलीले पात सखाप

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका-३ स्थित नमूना महिला सामुदायिक वनमा

प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी

काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा प्रेस काउन्सिल नेपालमा

मकवानपुरको सिमखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु

बागमती । कुलेखानी-काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ सिमखोला पुल नजिक

साफ फुटसल च्याम्पियनसिप : नेपाल आज माल्दिभ्ससँग भिड्दै

काठमाडौं । नेपालले दक्षिण एसियाली फुटबल महासंघ (साफ) फुटसल च्याम्पियनसिप

मुस्ताङमा असी प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका

मुस्ताङ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई