२० मंसिर २०८२, शनिबार | December 6, 2025

मेयर कप भलिबल : उपाधिको लागि मणिमुकुन्द र गोलपार्क भिड्ने



बुटवल । माघे संक्रान्तिको अवसर पारेर बुटवलमा संचालन भएको प्रथम मेयर कप खुला भलिबल प्रतियोगिताको उपाधिको लागि गोलपार्क भलिबल क्लब र मणिमुकुन्द भलिबल क्लब “बि” प्रतिस्प्रर्धा गर्ने भएको छ ।

बुटवल उपमहानगरपालिकाको संरक्षकत्व र मिर्मिरे युवा क्लबको आयोजनामा बंदेलपोखरी खेलमैदानमा सोमबार भएको पहिलो सेमीफाईनलमा गोलपार्क भलिबल क्लबले मणिमुकुन्द भलिबल क्लब “ए” लाई २५-२७, २८-२६, २५-१७, २३-२५ ,१५-९ को सेटमा पराजित गर्दै फाईनल यात्रा तय गरेको हो । यसैगरि दोस्रो सेमिफाईनल खेलमा मणिमुकुन्द भलिबल क्लब “बि” ले न्यू होराईजन “बि” लाई २५-२३, २५-२०, २५-१७ को सोझो सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो । यसैगरि तेस्रो स्थानको लागी न्यू होराईजन “बि” र मणिमुकुन्द “ए” का बिचमा खेल हुने भएको छ । फाईनल र तेस्रो स्थानको लागि खेल मंगलबार हुने क्लबका अध्यक्ष शेरजंग गुरुङले बताए ।

प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख १ हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद ६० हजार १ सय रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । तृतीय हुनेले ३० हजार १ सय नगद कप मेडल प्रमाणपत्र र सान्त्वना हुने टिमले १५ हजार १ सय, कप मेडल प्रमाणपत्र तथा प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई नगद तीन हजार रुपैया तथा विधागत तर्फ उत्कृष्ट ५ जना खेलाडीहरूलाई नगद १ हजार ५ सय रुपैयाबाट पुरस्कृत गरिने उनले बताए । माघ १ गतेसम्म चल्ने प्रतियोगितामा आठ टिमले प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  १० : ०१ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले